कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

धेरै कम्पनीको मूल्य बढ्दा पनि नेप्से घट्यो 

कान्तिपुर संवाददाता

काठमाडौँ — बुधबार धेरै कम्पनीको मूल्य बढ्दा पनि सेयर बजारको परिसूचक नेप्से भने घटेको छ । कुल ७७ कम्पनीको मूल्य घट्दा ९६ को बढ्यो भने ७ को स्थिर रह्यो । नेप्से परिसूचक भने ६.७ अंक घट्यो । पुँजीकरणका आधारमा ठूला कम्पनीको मूल्य घटेकाले समग्र नेप्से घटेको हो । कम्पनी संख्याले नभई उच्च पुँजीकरण भएका कम्पनीको बजारमा बढी प्रभाव पर्दछ । 

धेरै कम्पनीको मूल्य बढ्दा पनि नेप्से घट्यो 

दिनभर कुल ४ अर्ब २ करोडको कारोबार भयाे । नेप्से २१८६ अंकमा कायम भएको छ । दिउँसो १ : ४४ बजे नेप्से २२१४ अंकसम्म पुगेको थियो । जलविद्युत् ४२, माइक्रोफाइनान्स ७ र ब्यापार उपसमूह ८६ अंक बढे । बैंकिङ ९, विकास बैंक २३, फाइनान्स १, होटल तथा पर्यटन १४, जीवन बीमा ७३, उत्पादन १३, निर्जीवन बीमा ८६ र अन्य उपसमूह १८ अंक घटे ।

सामलिङ पावर र बलेफी हाइड्रोपावरको मूल्य १० प्रतिशत बढ्यो । युनाइटेड इदी मर्दी र समृद्धि फाइनान्सको मूल्य करिब ९ प्रतिशत बढ्यो । कारोबार रकमका आधारमा शिवम् सिमेन्ट, अपी पावर, हिमालयन डिस्टिलरी, हिमाल दोलखा हाइड्रो र युनाइटेड इदी मर्दी क्रमश: अगाडि रहे ।


प्रकाशित : श्रावण १८, २०७९ १५:१७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?