कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २८५

लघुवित्तलाई दिने कर्जामा बैंकले २ प्रतिशतभन्दा बढी प्रिमियम जोड्न नपाउने

कान्तिपुर संवाददाता

काठमाडौँ — लघुवित्त वित्तीय संस्थालाई थोक कर्जा प्रवाह गर्दा बैंक तथा वित्तीय संस्थाले आधार दरमा बढीमा २ प्रतिशत बिन्दुसम्म मात्र प्रिमियम जोड्न पाउने भएका छन् । राष्ट्र बैंकले मौद्रिक नीतिमा घोषणा भएको उक्त व्यवस्था कार्यान्वयनका लागि बुधबार परिपत्र जारी गरेको छ ।

लघुवित्तलाई दिने कर्जामा बैंकले २ प्रतिशतभन्दा बढी प्रिमियम जोड्न नपाउने

‘बैंक तथा वित्तीय संस्थाले लघुवित्त वित्तीय संस्थालाई विपन्न वर्ग कर्जा अन्तर्गत थोक कर्जा प्रवाह गर्दा आधार दरमा २ प्रतिशत बिन्दुसम्म मात्र प्रिमियम थप गरी ब्याजदर निर्धारण गर्नुपर्नेछ,’ परिपत्रमा भनिएको छ । यसअघि थोक लघुवित्त वित्तीय संस्थाले मात्र ऋणपत्र जारी गर्न पाउने व्यवस्था रहेकोमा अब सञ्चित नोक्सान बाँकी नरहेका सबै लघुवित्त वित्तीय संस्थाले ऋणपत्र जारी गर्न पाउने भएका छन् । सञ्चित नोक्सानी बाँकी नरहेका लघुवित्त वित्तीय संस्थाले आफ्नो प्राथमिक पुँजीको बढीमा शत प्रतिशतले हुने रकमसम्म सहायक आवधिक ऋणपत्र जारी गर्न स्वीकृतिका लागि राष्ट्र बैंकमा निवेदन दिन सक्ने व्यवस्था गरिएको हो ।

प्रकाशित : श्रावण १८, २०७९ १४:१०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुनकोशी-मरिण डाइभर्सनको सुरुङमार्ग छिचोलिएको छ । अब यो आयोजना छिटो सम्पन्न गर्न कसले कस्तो भूमिका निर्वाह गर्नुपर्छ ?