कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २२२

अब संस्थागत मुद्दती खातामा दिइने ब्याज व्यक्तिको भन्दा २ प्रतिशत बिन्दु कम हुनुपर्ने 

व्यक्तिगत मुद्दतीमा तत्कालै ब्याजदर बढाउनुपर्ने बाध्यता 
कान्तिपुर संवाददाता

काठमाडौँ — अब बैंक तथा वित्तीय संस्थाले मुद्दती खातामा व्यक्तिलाई दिनेभन्दा २ प्रतिशत बिन्दु कम दरमा संस्थाहरुलाई ब्याज दिन पाउने भएका छन् । बाेलकबाेल मार्फत लिइने निक्षेपमा समेत याे व्यवस्था लागू भएकाे छ । नेपाल राष्ट्र बैंकले निर्देशन जारी गर्दै बैंक तथा वित्तीय संस्थाहरुले व्यक्तिगतभन्दा संस्थागत मुद्दती खातामा २ प्रतिशत बिन्दु कम ब्याजदर दिनुपर्ने व्यवस्था गरेको हो ।

अब संस्थागत मुद्दती खातामा दिइने ब्याज व्यक्तिको भन्दा २ प्रतिशत बिन्दु कम हुनुपर्ने 

यसअघि बैंकहरुले व्यक्तिगतभन्दा संस्थाहरुको मुद्दती खातामा १ प्रतिशत बिन्दु कम ब्याज दिए पुग्ने व्यवस्था थियो । हाल वाणिज्य बैंकहरुले व्यक्तिगत मुद्दती खातामा अधिकतम ११.०३ प्रतिशत तथा संस्थागत मुद्दतीमा १०‍.०३ प्रतिशत ब्याज दिँदै आएका छन् । व्यक्तिगत मुद्दतीमा यहीं ब्याजदरलाई निरन्तरता दिँदा संस्थागत मुद्दतीमा ब्याजदर ९.०३ प्रतिशतभन्दा माथि हुनु हुँदैन । यो व्यवस्थाले बैंकहरुलाई तत्काल व्यक्तिगत मुद्दतीमा १ प्रतिशत बिन्दु ब्याजदर बढाउनुपर्ने वा अब खाेलिने संस्थागत मुद्दतीमा १ प्रतिशत बिन्दु ब्याजदर घटाउनुपर्ने बाध्यता सिर्जना भएको छ । नयाँ निर्देशन आजकै दिनबाट लागू भएको छ ।


प्रकाशित : श्रावण १८, २०७९ १३:१७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

खेलकुद मन्त्रालयको बजेटले लुडो, चेस र बाघचाल मात्रै खेलाउन सकिन्छ भन्ने युवा तथा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठको भनाइबारे तपाईंको धारणा के छ ?