कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५९

भारतमा बिजुली बेचेर यो वर्ष १६ अर्ब कमाउँछौं : घिसिङ

‘निजी क्षेत्रलाई विद्युत् व्यापार दिन सक्दैनौं’
कान्तिपुर संवाददाता

काठमाडौँ — नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले यो वर्ष भारतलाई बिजुली बेचेर १६ अर्ब रुपैयाँ आम्दानी गर्ने बताएका छन् । आइतबार नेपाल आर्थिक पत्रकार समाज (सेजन) ले आयोजना गरेको कार्यक्रममा बोल्दै निर्देशक घिसिङले हाल भारतबाट बिजुलीमा राम्रो मूल्य पाइरहेको बताए ।

भारतमा बिजुली बेचेर यो वर्ष १६ अर्ब कमाउँछौं : घिसिङ

उनले भने ‘विद्युत् व्यापारमा भारतबाट राम्रै मूल्य आएको छ, प्राधिकरणले कमाइरहेको छ । विगतमा एक वर्षमा ५ अर्बको निर्यात गरेका छौं । यो वर्ष १६ अर्ब भन्दा बढीको विद्युत् निर्यात गर्छौं ।’ बिजुलीको व्यापार गर्न निजी क्षेत्रलाई २० वर्षपछि पनि दिन नसकिने उनले बताए । प्राधिकरणले ट्रान्समिसन प्रसारण लाइनको जोखिम लिने र शुल्क तिर्ने भएकाले २० वर्षपछि पनि निजी क्षेत्रलाई व्यापार गर्न दिन नसकिने उनको भनाइ छ । घिसिङले प्रसारण लाइनमा वन तथा अन्य विविध कारणले प्रसारण शुल्क बढाउँदै जान नहुने बताए । पछिल्लो समय ट्रान्समिसन प्रसारणमा शुल्क उच्च हुँदै गएको उनको भनाइ छ । उनले भने ‘विद्युत्‌को लागि जुन जोखिम लिएका थियौं । अब २० वर्षपछि यसलाई परिवर्तन गरेर निजी क्षेत्रलाई विद्युत् व्यापार गर्न दिने कुरा हुँदैन । ट्रान्समिसन लागत उच्च भएको छ । ट्रान्समिसन लागत सबै प्राधिकरणले तिरेको छ । लागत कसरी कम गर्ने भन्ने विषय गम्भीर भएको छ ।’

उद्योगहरुले मागेजति विद्युत् दिन तयार रहेको भन्दै प्राधिकरणले अहिले ट्रान्समिसन र सब–स्टेसनमा लगानी बढाएको बताए । उनले विद्युत् सवारीमा प्रति किलोमिटरमा एक रुपैयाँ लागत पर्ने बताउँदै अहिले पेट्रोल डिजेलमा प्रतिकिलोमिटर २० रुपैयाँ पर्ने गरेको बताए । उनले भने ‘अहिले विद्युत् प्राधिकरणले ६५ प्रतिशत सिमेन्ट उद्योगमा लोड दिन सकेको छैन भनिएको छ । सबै उद्योगले विद्युत् शत प्रतिशत नै पाएको छ । कहिलेकाहीं ट्रान्सफमर बिग्रिँदा समस्या हुन्छ । त्यसलाई हेरेर त्यसरी प्रचार गर्नु हुँदैन । अहिले ६ सय मेगावट क्षमताको विद्युत् स्वीकृत गरेका छौं ।’

प्रकाशित : श्रावण १५, २०७९ १६:३५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

संघमा गठबन्धन बदलिने बित्तिकै प्रदेश सरकारहरू फेरबदल भइहाल्ने अभ्यासबारे तपाईंको के टिप्पणी छ ?

×