कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

उद्योगको संरक्षण र विकासका लागि बिजनेस इन्कुबेटर्स : उद्योगमन्त्री बडू

काठमाडौँ — उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले मुलुकभर उद्यम एवं उद्यमीको संरक्षण र विकास गर्न सरकारले बजेटमार्फत ‘बिजनेस इन्कुबेटर्स सेन्टर’ खोल्ने घोषणा गरेका छन् ।

उद्योगको संरक्षण र विकासका लागि बिजनेस इन्कुबेटर्स : उद्योगमन्त्री बडू

सोमबार नेपाल उद्योग वाणिज्य महासंघले आयोजना गरेको बिजनेस इन्कुबेटर कन्फरेन्समा मन्त्री बडूले यस्तो बताएका हुन् । उनले अहिले मुलुकमा औद्योगिक रुपान्तरणको आवश्यकता भएको भन्दै औद्योगिक रुपान्तरणका लागि सरकारले चालु आर्थिक वर्षको बजेटमा सातै प्रदेशमा सात इन्कुबेटर्स सेन्टर बनाउने घोषणा गरेका हुन् ।

मन्त्री बडूले सरकारले पहिलो प्राथमिकतामा राखेर मुलुकभित्रै उत्पादन बढाउने र नयाँ स्टार्टअप उद्यमीको प्रवर्द्धनमा जोड दिएको बताए । उनले सरकारले बिजनेस इन्कुबेटर कन्फरेन्सलाई अझ व्यापक बनाउन निजी क्षेत्र तथा त्रिभूवन विश्वविद्यालय, पोखरा विश्वविद्यालय र नास्टसँग सहकार्य गर्न लागेको पनि बताए ।

बिजनेस इन्कुबेटर कन्फरेन्सका लागि सरकारले छुट्याएको बजेट भने प्राप्त नभएको उनले बताए । ‘सरकार केही काम गर्न चाहन्छ । अहिले मुलुकमा औद्योगिक रुपान्तरणको आवश्यकता छ । मुलुकमा उद्योग र उद्यमीहरुलाई बढीभन्दा बढी क्रियाशिल बनाउन जरुरी छ । जसले राष्ट्रिय उत्पादन बढाएर मुलुकमा समृद्धि बढाउन सकोस् । जुन लगानीले मुलुकको विद्यमान व्यापार घाटा कम गर्न सकोस् ।

प्रकाशित : श्रावण ९, २०७९ १७:२५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?