कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२७

७३ लाख रुपैयाँको आँप र अम्बा निर्यात

काठमाडौँ — आर्थिक वर्ष ०७८/७९ मा ७३ लाख रुपैयाँको आँप र अम्बा निर्यात भएको छ । भन्सार विभागका अनुसार ७३ लाख १९ हजार रुपैयाँ बराबरको २ लाख २८ हजार ७५० किलो आँप र अम्बा निर्यात भएको हो ।

७३ लाख रुपैयाँको आँप र अम्बा निर्यात

आयातको तुलनामा निकै कम परिमाणमा भए पनि बर्सेनि आँप र अम्बा निर्यात समेत हुने गरेको छ । सो परिमाणको आँप र अम्बा भारतमा मात्रै निर्यात भएको हो । आर्थिक वर्ष ०७७/७८ मा भने एक करोड ९ लाख रुपैयाँ बराबरको ३ लाख १२ हजार ७ सय ६५ किलो आँप र अम्बा निर्यात भएको थियो ।

आर्थिक वर्ष ०७७/७८ मा आँपको उत्पादन बढेको कृषि मन्त्रालयको तथ्यांक छ । ०७७/०७८ मा ४ लाख ६६ हजार २ सय ६६ टन आँप उत्पादन भएको थियो । उक्त वर्ष २८ हजार १ सय ९५ टन अम्बा उत्पादन भएको थियो । गत जेठदेखि असारको पहिलो सातासम्म स्थानीय आँपले बजार धानेको नेपाल फलफूल थोक व्यवसायी संघका सचिव महेश केसीले बताए । ‘अहिले भने सबै भारतीय आँप हुन्, होलसेल आँपको जात हेरेर प्रतिकिलो १ सय ३० देखि २ सय रुपैयाँसम्म पर्छ,’ उनले भने ।

कालीमाटी फलफूल तथा तरकारी बजारमा आइतबार दसहरी आँपको होलसेल मूूल्य प्रतिकिलो १ सय ५० देखि २ सय र माल्दाह आँप प्रतिकिलो १ सय ८० देखि २ सय रुपैयाँ किलो हुँदा सोमबार दुवै थरीका आँपको होलसेल मूल्य २०० देखि २२० रुपैयाँ छ । अब भारतीय आँपको मूल्य बढ्दै जान सक्ने संघका सचिव केसीको भनाइ छ । ‘हिजोआज भारतीय आँप बोटमै भारु ७० रुपैयाँ पर्छ, आँपको जात हेरेर अझै मूल्य घटबढ हुन सक्छ,’ उनले भने ।

नेपालमा आँप धेरै उत्पादन हुनेमा सिरहा, सप्तरी, महोत्तरी, सर्लाही, धनुषा, बारा, पर्सा, रौतहट, झापा, मोरङ, सुनसरी, उदयपुरलगायत जिल्ला पर्छन् । आर्थिक वर्ष ०७६/७७ मा देशभर गरी ४ लाख ५३ हजार ४ सय १६ टन आँप उत्पादन भएको थियो । उक्त आर्थिक वर्ष ६ लाख ४० हजार रुपैयाँ बराबरको २० हजार किलो आँप र अम्बा निर्यात भएको थियो । आर्थिक वर्ष ०७६/७७ मा ३० हजार ४ सय ८९ मेट्रिक टन मात्रै आँप उत्पादन भएको थियो ।

प्रकाशित : श्रावण ९, २०७९ १४:०९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

प्रधानमन्त्री पुष्पकमल दाहालले नेकपा एसको प्रतिवेदनमा माओवादीलाई 'अस्थिर' भनिएकोबारे महाधिवेशन उद्घाटन समारोहमै असन्तुष्टी व्यक्त गरेका छन् । माओवादीको कार्यशैली तपाईंलाई कस्तो लाग्छ ?

x
×