कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
मौद्रिक नीति ०७९/८०

‘तरलताको समस्या समाधान भइहाल्दैन’

सुनील केसी

काठमाडौं — विश्वभर कसिलो मौद्रिक नीति आइरहेको समयमा नेपालको मौद्रिक नीति त्यस्तै आएको छ । अर्थतन्त्रका लागि यो राम्रो पनि हो । तर मौद्रिक नीतिका व्यवस्थाले अल्पकालका लागि तुरुन्तै ब्याजदर बढ्ने देखिन्छ । विगत लामो समयदेखिको तरलताको समस्या समाधान भइहाल्ने अवस्था भने देखिँदैन ।

‘तरलताको समस्या समाधान भइहाल्दैन’

१२.६ प्रतिशतको कर्जा विस्तारको लक्ष्य राखिएकाले बैंकहरूले स्रोत हेरेर बिस्तारै व्यवसाय विस्तार गर्नुपर्ने देखिन्छ । नीतिका केही व्यवस्थाले तुरुन्तै ब्याजदर बढ्न सक्ने भएकाले कर्जाको माग प्रभावित हुन सक्छ । तरलताका हिसाबले अल्पकालीनमा असहज परिस्थिति हुन सक्छ । तर दीर्घकालमा त्यो समस्या समाधान भएर जाने देखिन्छ, तत्कालका लागि नयाँ कर्जा दिन सहजता नहोला । यद्यपि ऋणपत्रलाई सीडी अनुपातका गणना गर्न पाउने, काउन्टर साइकल बफर लागू हुने समय थप, पुनर्कर्जाको निरन्तरतालगायत विषयले बैंकलाई केही राहत दिन सक्छ ।

केसी बैंकर्स संघका उपाध्यक्ष हुन् ।

प्रकाशित : श्रावण ७, २०७९ ०७:२१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?