कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ११८

एक वर्षमै नेपाली मुद्रा ९ रुपैयाँ कमजाेर 

काठमाडौँ — आर्थिक वर्ष ०७८/७९मा अमेरिकी डलरको तुलनामा नेपाली मुद्रा (नेरु) ९ रुपैयाँ ७ पैसाले कमजोर भएको छ । अमेरिकी डलरको भाउ निरन्तर उकालो लागेपछि नेपाली मुद्राको मूल्य घटेको हो । २०७८ असारको तुलनामा गत असार मसान्तसम्म नेपाली रुपैयाँको भाउ करिब ७.६१ प्रतिशतले अवमूल्यन (घटेको) भएको राष्ट्र बैंकको मासिक प्रतिवेदनले देखाएको छ ।

एक वर्षमै नेपाली मुद्रा ९ रुपैयाँ कमजाेर 

असार मसान्त (३२ गते) एक अमेरिकी डलरको विनिमय दर १२८.११ पैसा थियो । ठीक एक वर्षअघि ०७८ असार मसान्तरमा यस्तो दर ११९.०४ रुपैयाँ थियो । २०७८ असार यता हरेक महिनाजसो डलरको भाउ बढिरहेको छ । भारतीय मुद्रा (भारु) सँगै नेपाली मुद्राको भाउ घटिरहेको हो । अमेरिकी डलरको तुलनामा भारतीय मुद्राको विनिमय दर पनि इतिहासमै सबैभन्दा कमजोर बनेको छ । त्यसको असर नेपाली मुद्रामा पनि परेको हो । बुधबार दिउँसो एक बजेसम्म एक अमेरिकी डलरको विनिमय दर भारु ७९.९६ रहेको छ । यो पनि हालसम्मकै उच्च हो ।

डलरको भाउ बढिरहेकाले आयात महँगो हुँदै गएको र त्यसको असरले नेपाली बजारमा मूल्यवृद्धि बढाएको राष्ट्र बैंकको मासिक प्रतिवेदनमा उल्लेख छ । पछिल्ला केही महिनायता विश्व बजारमा अमेरिकी डलरको माग बढ्दा त्यसको असर भारतीय मुद्रा (भारु) हुँदै नेपाली मुद्रासम्म आइपुगेको हो । अमेरिकामा मूल्यवृद्धि पछिल्लो ४ दशक यताकै उच्च विन्दुमा छ भने ब्याजदर पनि बढिरहेको छ । यही समयमा विश्व बजारमा डलरको माग बढिरहेको ‘डलर इन्डेक्स’मा भएको सुधारले पुष्टि गर्छ ।

प्रकाशित : श्रावण ४, २०७९ १३:५६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

संघमा गठबन्धन बदलिने बित्तिकै प्रदेश सरकारहरू फेरबदल भइहाल्ने अभ्यासबारे तपाईंको के टिप्पणी छ ?

×