२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २५६

बिमामा पहिलो मर्जर : हिमालयन एभरेस्टको एकीकृत कारोबार सुरु

काठमाडौँ — हिमालयन जनरल इन्स्योरेन्स र एभरेस्ट इन्स्योरेन्सको मर्जरपछि एकीकृत कारोबार सुरु भएको छ । मर्जरपछि ‘हिमालयन एभरेस्ट इन्स्योरेन्स कम्पनी’ को नामबाट एकीकृत कारोबार सुरु भएको हो । बिमा समितिका अध्यक्ष सूर्यप्रसाद सिलवालले एकीकृत कारोबार सुभारम्भको उदघाटन गरे । एकिकृत कारोबार सुरु भएसँगै बिमा क्षेत्रकै पहिलो मर्जर सफल भएको छ । 

बिमामा पहिलो मर्जर : हिमालयन एभरेस्टको एकीकृत कारोबार सुरु

यी कम्पनीले गत वैशाखमा मर्जरका लागि आपसमा समझदारी पत्रमा हस्ताक्षर (एमओयू) गरेका गरेका थिए । नयाँ कम्पनीको प्रमुख कार्यकारी अधिकृतमा विजयबहादुर शाह र डेपुटी सीईओमा कमल गौतम रहेका छन् । शाह साविकको हिमालयन जनरल र गौतम साविकको एभरेस्ट इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत हुन् । यो कम्पनीको चुक्ता पुँजी करिब २ अर्ब ४३ करोड रुपैयाँ पुगेको छ ।

प्रकाशित : श्रावण १, २०७९ १४:१५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भारतका २ ब्रान्डका गुणस्तरहीन मसला आयतमा प्रतिबन्ध लागेको छ । अन्य खाद्य सामग्रीबारे पनि अब सरकारले मुख्य रुपमा के गर्नुपर्छ ?