कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ७३

कच्चा तेलको भाउ प्रतिब्यारेल १ सय डलरभन्दा तल झर्‍यो

काठमाडौँ — करिब ५ महिनापछि अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको भाउ प्रतिब्यारेल १ सय डलरभन्दा तल झरेको छ । फेब्रुअरी अन्तिमदेखि उच्च दरले बढेको कच्चा तेलको भाउ केही दिनयता घट्न थालेको हो । बिहीबार (साढे १ बजे) ब्रेन्ट कच्चा तेलको भाउ प्रतिब्यारेल ९९.३२ डलरमा झरेको छ । त्यस्तै सो समयमा डब्लूटीआई कच्चा तेलको भाउ प्रतिब्यारेल ९५.८७ डलरमा झरेको छ । एक महिनाअघि यी कच्चा तेलकाे भाउ १२० डलरभन्दा माथि थियो । 

कच्चा तेलको भाउ प्रतिब्यारेल १ सय डलरभन्दा तल झर्‍यो

मागमा सुस्तता आएसँगै भाउ घट्न थालेको हो । कच्चा तेलको भाउ अझै घट्ने अमेरिकी बहुराष्ट्रिय लगानी बैंक सिटी ग्रुपको एक रिपोर्टले देखाएको छ । सो रिपोर्टले २०२२ को अन्त्यसम्म कच्चा तेलको भाउ घटेर प्रतिब्यारेल ६५ डलरसम्म आउन सक्ने चेतावनी दिएको छ । जसले गर्दा यतिबेला विश्व तेल बजारमा तरंग पैदा गरेको छ ।

यूरोपियन मुलुकहरुले रुसबाट तेल आपूर्तिमा प्रतिबन्ध लगाएपछि फेब्रुअरीदेखि तेलको मूल्य बढेको थियो । कच्चा तेलको मूल्य घट्दा नेपाललाई समेत प्रत्येक्ष लाभ मिल्नेछ । नेपाल आयल निगम (एनओसी)ले भारतीय आयल कर्पोरेसन (आईओसी)बाट तेल खरिद गर्दै आएको छ । आईओसीले प्रशोधन खर्च र कच्चा तेलको मूल्यअनुसार नेपाललाई प्रत्येक १५–१५ दिनमा नयाँ मूल्य सूची पठाउँछ । त्यसकै आधारमा निगमले नेपालमा मूल्य समायोजन गर्छ । पेट्रोलियम पदार्थको मूल्य बढी हुँदा ढुवानी खर्च समेत बढ्न गई भान्सा समेत महँगिन जान्छ । कच्चा तेलको मूल्य घटेमा महँगी नियन्त्रणमा समेत सघाउ पुग्नेछ ।


प्रकाशित : असार ३०, २०७९ १३:३४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

संसद्का दुई ठूला दल कांग्रेस र एमालेले गरेको सत्तासहयात्राको नयाँ सहमतिबारे तपाईंको धारणा के छ ?

×