१६ अंक घट्यो नेप्से 

कान्तिपुर संवाददाता

काठमाडौँ — बिहीबार सेयर बजारको परिसूचक नेप्से १६ अंक घटेको छ । १६.६० अंक घटेसँगै नेप्से २०२७ अंकमा कायम भएको छ । कुल १ अर्ब ८० करोड रुपैयाँको कारोबार भयो । सबैजसो उपसमूह घटेका छन् ।

१६ अंक घट्यो नेप्से 

बैंकिङ ८, विकास बैंक ४६, फाइनान्स ७, होटल तथा पर्यटन ३१, जलविद्युत् १५, जीवन बीमा ११५, उत्पादन ४३, माइक्रोफाइनान्स ३७, निर्जीवन बीमा ३३, अन्य २२ र ब्यापार उपसमूह २३ अंक घटे । आरबीबी म्युचुअल फण्ड १, माउन्टेन हाइड्रो र सिटिजन्स म्युचुअल फण्डको मूल्य ३ प्रतिशत बढ्यो । समिट लघुवित्तको मूल्य सबैभन्दा धेरै ५ प्रतिशत घट्यो । लाइफ इन्स्योरेन्स कर्पोरेसन, अरुणकाबेली, शिवम् सिमेन्ट, हिमालयन डिस्टिलरी र माथिल्लो तामाकोसी कारोबार रकमका आधारमा क्रमश: अगाडि रहे । बजारको पुँजीकरण २८ खर्ब ९१ अर्बमा झरेको छ ।



प्रकाशित : असार २३, २०७९ १५:५८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीलाई पुरस्कार रकम घोषणा गरेर दिन ढिलसुस्ती गर्ने सरकारी नियतलाई के भन्नुहुन्छ ?