कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

हिमालयनले सिभिल बैंक किन्दै, शुक्रबार सम्झौता 

काठमाडौँ — हिमालयन बैंकले सिभिल बैंक किन्ने (प्राप्ती गर्ने) भएको छ । दुबै बैंकको मर्जर कमिटीले यससम्बन्धी सम्पूर्ण तयारी पूरा गरेको छ । स्रोतका अनुसार दुबै बैंकको बोर्ड बैठक बसेर यसलाई पारित गरेपछि आगामी शुक्रबार प्राप्ती (एक्वीजिसन) सम्झौता हुने छ ।

हिमालयनले सिभिल बैंक किन्दै, शुक्रबार सम्झौता 

एक्वीजिसन पश्चात सिभिल बैंक औपचारिक रुपमा हिमालयन बैंकमा विलय हुनेछ । संचालक समितिमा सबै हिमालयन बैंकबाट प्रतिनिधित्व हुनेछ । हाल सिभिल बैंकको १०० कित्ता सेयर हुनेले एक्वीजिसनपश्चात हिमालयन बैंकको ८० कित्ता पाउने छन् । एक्वीजिसनपछि बन्ने कम्पनीको नाम हिमालयन बैंक नै रहने र प्रमुख कार्यकारी अधिकृत पनि हिमालयनकै अशोक राणा रहने स्रोतले बताएको छ । यसअघि हिमालयन र इन्भेस्टमेन्ट बैंकबीच बराबर अनुपातमा मर्ज सम्झौता भए पनि साधारणसभाबाट भाँडिएको थियो । मर्ज सम्झौता भाँडिएपछि इन्भेस्टमेन्टले मेगालाई गाभ्दैछ ।


प्रकाशित : असार २२, २०७९ १८:१९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?