कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

एकैदिन सुनको मूल्य १६ सय घट्यो 

काठमाडौँ — बुधबार एकै दिन सुनको मूल्य प्रतितोला १ हजार ६ सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले बुधबारका लागि सुनको मूल्य प्रतितोला ९६ हजार रुपैयाँ तोकेको छ । मंगलबार प्रतितोला ९७ हजार ६ सय रुपैयाँमा सुनको कारोबार भएको थियो ।

एकैदिन सुनको मूल्य १६ सय घट्यो 

गत फागुन २५ गते सुनको मूल्य अहिलेसम्मकै उच्च १ लाख ५ हजार ५ सय रुपैयाँ पुगेको थियो । त्यसयता क्रमिक रुपमा सुनको मूल्य ओरालो लाग्दै आएको छ । त्यस्तै चाँदीको मूल्य प्रतितोला ३० रुपैयाँ घटेको छ । मंगलबार प्रतितोला १२०५ रुपैयाँमा कारोबार भएकोमा चाँदी बुधबार ११७५ मा घटेको छ । चाँदीको मूल्य गत फागुन २५ गते सबैभन्दा बढी १४५० रुपैयाँसम्म पुगेकाे थियाे ।


प्रकाशित : असार २२, २०७९ १४:३०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?