कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

नेप्से १९२१ अंकमा अडियो, १ अर्बको कारोबार  

काठमाडौँ — मंगलबार सेयर बजारको परिसूचक नेप्से १९२१ अंकमा अडिएको छ । यस दिन नेप्से ११.८२ अंक घटेको हो । कारोबार रकम भने १ अर्ब ५ करोडमा खुम्चियो । बैंकिङ उपसमूह ०.२९ र जीवन बीमा ९६ अंकमा हरियो रहे ।

नेप्से १९२१ अंकमा अडियो, १ अर्बको कारोबार  

विकास बैंक ४३, फाइनान्स २२, होटल तथा पर्यटन १७, जलविद्युत् ३६, लगानी १, उत्पादन ४८, माइक्रोफाइनान्स ३८, निर्जीवन बीमा १०९, अन्य १३ र ब्यापार उपसमूह १४ अंक घटे ।

कुल ३७ कम्पनीको मूल्य बढ्दा १४६ को घट्यो भने ९ को स्थिर रह्यो । सीवाईसी लघुवित्तको मूल्य १० प्रतिशत बढ्यो । उन्नती सहकार्यको ७ र कृषि विकास बैंकको ५ प्रतिशत बढ्यो । कारोबार रकमका आधारमा एसियन लाइफ, लाइफ इन्स्योरेन्स कर्पोरेसन, नागरिक लगानी कोष, नेपाल पुनर्बीमा कम्पनी र ङादी ग्रुप क्रमश: अगाडि रहे ।


प्रकाशित : असार १४, २०७९ १५:५८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?