कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २२५

आधा घट्यो मोटरसाइकलको आयात 

शंकर आचार्य

पर्सा — सवारी साधन आयात हुने मुलुककै प्रमुख नाका वीरगन्जबाट चालु आर्थिक वर्षमा मोटरसाइकलको आयात आधा भन्दा बढीले घटेको छ । गत आर्थिक वर्षको जेठ महिनासम्मको तुलनामा चालु आर्थिक वर्षको यसै अवधिमा यो नाका हुँदै मोटरसाइकलको आयात ५४ प्रतिशतले घटेको छ । 

आधा घट्यो मोटरसाइकलको आयात 

वीरगन्ज भन्सार कार्यालयको तथ्यांकअनुसार चालु आर्थिक वर्षको जेठ महिनासम्ममा यो नाका हुँदै भारत तथा तेस्रो मुलुकबाट कुल ३ अर्ब ६९ करोड ४६ लाख ५६ हजार रुपैयाँ बराबरको ४१ हजार ९ सय ३० थान मोटरसाइकल आयात भएको छ । जसबाट ५ अर्ब २ करोड १७ लाख ८० हजार रुपैयाँ राजश्व संकलन भएको छ । गत आर्थिक वर्षको यसै अवधिमा यो नाका हुँदै ८ अर्ब २ करोड ९९ लाख ६३ हजार रुपैयाँ बराबरको ९१ हजार ९ सय ६९ थान मोटरसाइकल आयात भएको थियो । जसबाट १० अर्ब ३७ करोड ९५ लाख २७ हजार रुपैयाँ राजश्व संकलन भएको थियो ।

यसरी तुलनात्मक रुपमा हेर्दा गत आर्थिक को जेठ महिनासम्मको तुलनामा चालु आवको जेठ महिना सम्ममा मध्यम वर्गीय उपभोक्ताले बढी प्रयोग गर्ने मोटर साइकलको आयात ५४ प्रतिशतले घटेको छ । आयात मात्रै होइन, राजश्व संकलनमा पनि ५२ प्रतिशतले गिरावट आएको छ । चालु आवमा वीरगन्ज भन्सारले संकलन गरेको कुल राजश्वमा मोटरसाइकल आयातबाट संकलित राजश्वको योगदान २ दशमलव ६६ प्रतिशत छ ।

वीरगन्ज भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत हरिहर पौडेलले समग्रमा मोटरसाइकलको बिक्री नै घटेकाले आयात पनि घटेको बताए । ‘विक्रेताहरुले मोटरसाइकलको बिक्री नै घटेको बताइरहेका छन्,’ उनले भने, ‘माग नै घटेपछि आयात घट्नु स्वाभाविक नै हो ।’ यो नाकाबाट आयात हुने कुल मोटरसाइकलमध्ये करिब ५ प्रतिशत मात्र तेस्रो मुलुक र बाँकी भारतमा उत्पादित हुने गरेको उनले बताए ।


प्रकाशित : असार १३, २०७९ १६:३९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

खेलकुद मन्त्रालयको बजेटले लुडो, चेस र बाघचाल मात्रै खेलाउन सकिन्छ भन्ने युवा तथा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठको भनाइबारे तपाईंको धारणा के छ ?