कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

१३ अंक बढ्यो सेयर बजार 

काठमाडौँ — शुक्रबार सेयर बजारको परिसूचक नेप्से १३.७८ अंकले बढेको छ । साताको अन्तिम दिन २ घण्टा खुलेको बजारमा १ अर्ब १५ करोड रुपैयाँको कारोबार भयो । बैंकिङ २, विकास बैंक ५७, फाइनान्स २४, होटल तथा पर्यटन २६, जलविद्युत् २४, जीवन बीमा १३१, उत्पादन २९, माइक्रोफाइनान्स ३१, निर्जीवन बीमा १२८, अन्य १२ र ब्यापार उपसमूह ३ अंक बढे ।

१३ अंक बढ्यो सेयर बजार 

कुल ४१ कम्पनीको मूल्य घट्दा १५० को बढ्यो भने ३ को स्थिर रह्यो । यस दिन न्यादी हाइड्रोपावरको मूल्य १० प्रतिशत बढ्यो । सीवाईसी नेपाल लघुवित्तको मूल्य ८ प्रतिशत बढ्यो । हिजोसम्म १० प्रतिशत मूल्य बढेको आाधीखोला लघुवित्तको मूल्य आज भने ७.८ प्रतिशत घट्यो । कारोबार रकमका आधारमा कुमारी बैंक, ङादी ग्रुप पावर, लक्ष्मी बैंक, हिमालयन डिस्टिलरी र नागरिक लगानी कोष क्रमश: अगाडि रहे ।


प्रकाशित : असार १०, २०७९ १४:०५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?