कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५९

सस्तोमा पेट्रोलियम पदार्थ खरिदबारे अध्ययन भइरहेकाे छ : मन्त्री बडू

काठमाडौँ — पेट्राेलियम पदार्थकाे मूल्यमा जनतालाई कुनै राहत नदिएकाे सरकारले सस्ताेमा खरिद गर्नेबारे अध्ययन भइरहेको भन्दै पन्छिएको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्रप्रसाद बडूले पेट्रोलियम पदार्थको खरिद गर्न बजार विविधिकरणका लागि अध्ययन भइरहेको बताए ।  पेट्रोलियम पदार्थको मूल्यवृद्धि बारेमा राष्ट्रियसभामा घुमाउरो जवाफ दिँदै उनले सस्तोमा खरिद गर्ने विषयमा अध्ययन भैरहेको बताएका हुन् । हाल नेपालले भारतीय आयल कर्पोरेसनबाट मात्रै तेल खरिद गर्ने गरेको छ । अन्यबाट पनि तेल खरिद हुन सक्नेबारे अध्ययन भइरहेकाे उनकाे भनाइ छ ।

सस्तोमा पेट्रोलियम पदार्थ खरिदबारे अध्ययन भइरहेकाे छ : मन्त्री बडू

‘बजार विविधिकरण र सस्तोमा पेट्रोलियम पदार्थको खरिद गर्ने सम्बन्धी विभिन्न बजारका विषयमा अध्ययन गर्न राष्ट्रिय योजना आयोगका उपाध्यक्षको नेतृत्वको आयोगमा काम भैरहेको छ’ बडूले भने, ‘संस्थागत सुधारका लागि बनेको कार्यदलको कार्यदेशभित्र सबै विषय परेका छन् । ’ नेपालमा खपत हुने सबै पेट्रोलियम पदार्थको नेपाल आयल निगमले भारतीय आयल निगमसँग सम्झौताअनुसार खरिद गरिरहेको छ । बडूले सरकारले संस्थागत सुधारका लागि काम गरिरहेको बताए ।

सांसदहरुको प्रश्नको जवाफ दिँदै उनले जेठ महिनाभित्र दुई पटक मात्रै मूल्यवृद्धि गरेको बताए । ‘वैशाख ३१ गते र त्यसपछि जेठ १० गते मूल्यवृद्धि गरिएको छ । बैशाख र जेठ फरक फरक महिना हुन्,’ बडूले भने 'मूल्य समायोजन सम्बन्धी नियमावलीको उल्लंघन गरिएको छैन ।' कर घटाएर इन्धनमा सहुलियत दिन सकिनेबारे भने उनले जवाफ दिएनन् । इन्डियन आयल कर्पोरेसन (आईसोसी) बाट १३१. ९१ रुपैयाँमा खरिद गरिएको पेट्रोल सरकारले लगाएको अचाक्ली करकै कारण सर्वसाधारणले १९९ मा खरिद गर्छन् । त्यस्तै, १४६.५२ रुपैयाँमा खरिद गरिएको डिजेल उपभोक्ताले १९२ रुपैयाँमा किन्नुपर्छ ।


प्रकाशित : असार ८, २०७९ १४:३८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

चालु आर्थिक वर्ष सकिन लाग्दा पनि दर्जनभन्दा बढी मन्त्रालयको पुँजीगत खर्च ४० प्रतिशतभन्दा कम हुनुको प्रमुख कारण के होला ?

×