कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

श्रीलंकाबाट नेपाल सर्‍यो विश्व बैंकको उपक्षेत्रीय कार्यालय

काठमाडौँ — विश्व बैंकको उपक्षेत्रीय कार्यालय श्रीलंकाबाट नेपालमा सरेको छ । अर्थमन्त्री जनार्दन शर्मा र विश्व बैंक प्रबन्ध निर्देशक मारी अल्का मान्जेस्तुले काठमाडौं दरबारमार्गमा रहने नेपालस्थित कार्यालयको संयूक्त रुपमा उद्घाटन गरे । यो कार्यालयको उद्घाटनपश्चात् श्रीलंकामा अवस्थित उपक्षेत्रीय कार्यालय विधिवत् रुपमा नेपालमा सरेको हो ।

श्रीलंकाबाट नेपाल सर्‍यो विश्व बैंकको उपक्षेत्रीय कार्यालय

अब यहीं कार्यालयबाट नेपाल, माल्दिभ्स र श्रीलंकाको कार्य संचालन हुनेछ । नयाँ उपक्षेत्रीय कार्यालयको निर्माण अन्तर्राष्ट्रिय मापदण्डमा आधारित भई सम्पन्न गरेको विश्व बैंकले जनाएको छ ।नयाँ उपक्षेत्रीय कार्यालयको उद्घाटन गर्दै अर्थमन्त्री शर्माले नेपालको विकास प्रयासमा विश्व बैंक लामो समयदेखि भरपर्दो साझेदारका रुपमा रहेको बताए ।

‘विश्व बैंकले वित्तीय स्रोतलगायत ज्ञान, अनुभव र विश्वव्यापी असल अभ्यास पनि आदान प्रदान गर्दछ । विश्व बैंक अनुभवी र विषय विज्ञले भरिएको संस्थाका रुपमा चिनिँदै आएको छ’ उनले भने ‘त्यसको लाभ नेपालले पनि लिने विश्वास छ ।’ सन् १९६९ मा विश्व बैंकबाट नेपालले पहिलो पटक १७ लाख अमेरिकी डलर बराबरको सहयोग लिएकोमा हाल ३ अर्ब अमेरिकी डलर बराबर पुगेको छ । विश्व बैंकले नेपालका २५ आयोजनाहरुमा सहयोग गरेको छ । विश्व बैंक अन्तर्गतको अन्तर्राष्ट्रिय वित्त निगमले सन् २००७ देखि नै नेपालमा काम सुरु गरेको हो ।

प्रकाशित : असार ७, २०७९ २०:०७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?