कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

११ महिनाको ब्यापार घाटा संशाेधित बजेटभन्दा ठूलो

काठमाडौँ — चालु आर्थिक वर्षको ११ महिनामा मुलुकको ब्यापार घाटा १५ खर्ब ७७ अर्ब पुगेको छ । भन्सार विभागले सार्वजनिक गरेको तथ्यांकअनुसार यो ब्यापार घाटा गत वर्षको यसै अवधिको तुलनामा २५ प्रतिशत बढी हो । ११ महिनाको मुलुकको ब्यापार घाटा संशोधित बजेटभन्दा ठूलो हो । सरकारले चालु आर्थिक वर्षको बजेट संशोधन गर्दै १४ खर्ब ४७ अर्ब खर्च हुने अनुमान गरेको छ । 

११ महिनाको ब्यापार घाटा संशाेधित बजेटभन्दा ठूलो

साउनदेखि जेठ मसान्तसम्मको ११ महिना अवधिमा मुलुकले कुल १७ खर्ब ६३ अर्ब २२ करोड रुपैयाँको वस्तु आयात गरेको छ । सोही अवधिमा १ खर्ब ८५ अर्ब ८३ करोड रुपैयाँको वस्तु निर्यात भएको छ । मुलुकको वस्तु आयात गत वर्षको सोही अवधिको तुलनामा २७.५ प्रतिशत बढी हो भने निर्यात ५३.३ प्रतिशत बढी हो । कच्चा पाम र सोयाबिन तेल आयात भई देशभित्र प्रशोधन गरी निर्यात गरिँदा त्यसले सानो आकारको निर्यातलाई प्रतिशतमा ठूलो प्रभाव पाऱ्यो, जसले गर्दा निर्यात वृद्धिदर राम्रो देखिए पनि यसले ब्यापार घाटा न्यून गर्न मद्दत गरेन ।


प्रकाशित : असार ७, २०७९ १९:३८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?