कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

सेयर बजारका सबै सूचक घटे, नेप्से १९३४ अंकमा

काठमाडौँ — साताको पहिलो दिन आइतबार पनि सेयर बजार ओरालो लागेको छ । बजारको परिसूचक नेप्से ३७.२७ अंक घटेर १९३४ अंकमा कायम भएको छ । यो अंक डेढ वर्षयताकै न्यून हो । कुल १ अर्ब १३ करोड रुपैयाँ बराबरको कारोबार भयो । बजारका सबै उपसमूहका सूचक घटेका छन् ।

सेयर बजारका सबै सूचक घटे, नेप्से १९३४ अंकमा

बैंकिङ १२, विकास बैंक १२४, फाइनान्स ५१, होटल तथा पर्यटन ४७, जलविद्युत् ८७, लगानी १, जीवन बीमा १२२, उत्पादन ३२, माइक्रोफाइनान्स ६५, निर्जीवन बीमा १५४, अन्य ५३ र ब्यापार उपसमूह ३० अंक घटे । कुल १३ कम्पनीको मूल्य बढ्दा १७९ को घट्यो भने २ को स्थिर रह्यो । आँधिखोला लघुवित्तको मूल्य १० प्रतिशत तथा सीवाईसी नेपाल लघुवित्तको ४ प्रतिशत बढ्यो । रिभर फल्स पावरको मूल्य ९.५ तथा बलेफी हाइड्रोको ८ प्रतिशत घट्यो । कारोबार रकमका आधारमा नेपाल टेलिकम, एनसीसी बैंक, सेन्चुरी कमर्सियल बैंक, नबिल बैंक र एनआईसी एसिया बैंक क्रमश: अगाडि रहे ।


प्रकाशित : असार ५, २०७९ १५:१३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?