कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ७३

असारमा बैंकहरुले निक्षेपको ब्याज नबढाउने 

काठमाडौँ — असारमा पनि बैंकहरुले निक्षेमा हाल दिँदै आएको ब्याजदरलाई नै यथावत राख्ने भएका छन् । नेपाल बैंकर्स एसोसिएसनका अध्यक्ष अनिल उपाध्यायले असार महिनाका लागि पुरानै ब्याजदरलाई यथावत दिइने जानकारी दिए । आर्थिक वर्षको अन्तिम महिना भएको र मौद्रिक नीति पनि प्रतिक्षामा रहेकाले असार महिनामा पुरानै ब्याजदरलाई यथावत राख्ने निर्णय नेपाल बैंकर्स एसोसिएसनले गरेको हो । जेठ मसान्तसम्म बैंकहरुले असार महिनाका लागि पुरानै ब्याजदरको सूचना सार्वजनिक गर्नेछन् ।

असारमा बैंकहरुले निक्षेपको ब्याज नबढाउने 

हाल वाणिज्य बैंकहरुले व्यक्तिगत मुद्दती निक्षेपमा ११.०३, संस्थागत मुद्दती निक्षेपमा १०.०३ र रेमिट्यान्सको मुद्दती निक्षेपमा १२.०३ प्रतिशतसम्म ब्याजदर दिँदै आएका छन् । त्यस्तै बचतमा ७.०३ र केहीले विशेष योजनामार्फत ८.०३ प्रतिशतसम्म ब्याज दिँदै आएका छन् । हरेक महिना बैंकहरुले निक्षेपको ब्याजदरमाथि पुनरावलाेकन गर्ने गरेका छन् । अघिल्लाे महिनाको तुलनामा यस्तो ब्याजदर १० प्रतिशतभन्दा घटबढ गर्न नपाइने व्यवस्था छ ।

आगामी मौद्रिक नीतिको व्यवस्था हेरेर मात्रै ब्याजदरबारे निर्णय हुन सक्ने बैंकर बताउँछन् । राष्ट्र बैंक हाल मौद्रिक नीतिको तयारीमा जुटिरहेको छ । बैंकमा बढ्दो लगानीयोग्य रकमको अभाव, घट्दो विदेशी मुद्रा सञ्चिति, उच्च व्यापार घाटा, बढ्दो महँगी लगायतलाई यसपटकको मौद्रिक नीतिले सम्बोधन गर्नुपर्ने अवस्था छ ।


प्रकाशित : जेष्ठ २९, २०७९ १३:२४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

पार्टी र नेताहरूको कार्यशैलीबारे आलोचनात्मक प्रतिवेदनसहित टिप्पणी गर्ने महामन्त्री मुकुल ढकाललाई निलम्बन गर्ने राष्ट्रिय स्वतन्त्र पार्टीको निर्णयबारे के भन्नहुन्छ ?

×