कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५७

मध्यमर्स्याङ्दी, माथिल्लो मर्स्याङ्दी र न्यादीमा आइतबार विद्युत् उत्पादन बन्द हुने

काठमाडौँ — लमजुङमा सञ्चालित ७० मेगावाटको मध्यमर्स्याङ्दी, ५० मेगावाटको माथिल्लो मर्स्याङ्दी र ३० मेगावाटको न्यादी जलविद्युत्‌गृहबाट आइतबार विद्युत् उत्पादन नहुने भएको छ । ती विद्युत्‌गृहबाट आइतबार बिहान ६ बजेदेखि साँझ ६ बजेसम्म विद्युत् उत्पादन बन्द हुने छ ।

मध्यमर्स्याङ्दी, माथिल्लो मर्स्याङ्दी र न्यादीमा आइतबार विद्युत् उत्पादन बन्द हुने

गत वर्षको १९ असारमा आएको पहिरोले ढालेको मध्यमर्स्याङ्दी-मस्र्याङदी १३२ केभी डबल सर्किट प्रसारण लाइनको टावरको ठाउँमा निर्माण गरिएको नयाँ टावरमा तार टाँग्नका लाइन बन्द (सट डाउन) गरिएको हो । प्रसारण लाइन सटडाउन भएपछि उक्त लाइनमा जोडिएका विद्युतगृहबाट विद्युत् उत्पादन बन्द हुने छ ।

पहिरोले ममध्यमर्स्याङ्दी-मस्र्याङ्दी प्रसारण लाइनअन्तर्गत लमजुङको राइनास नगरपालिका-८, माझीगाउँस्थित ९ नम्बर टावर ढालेको थियो । प्राधिकरणले आपत्कालीन पुनःस्थापना प्रणाली (ईआरएस) जडान गरी गत वर्षको साउन २ गतेबाट प्रसारण लाइन सञ्चालनमा ल्याएको थियो ।

अहिले उक्त स्थानमा नयाँ टावर निर्माण गरिएको छ । आइतबार ईआरएस हटाई नयाँ टावरमा तार टाँगिने छ; यसका लागि उक्त प्रसारण लाइन सट डाउन गरिने बताइएको छ । यसबाट यस प्रसारण लाइनमा जोडिएका जलविद्युत्‌गृहबाट उत्पादित विद्युत् पनि बन्द हुने छ । करिब १५० मेगावाट विद्युत् उत्पादन बन्द हुने भएपछि प्राधिकरणले वैकल्पिक व्यवस्था गरी उपभोक्तालाई विद्युत आपूर्ति गर्ने छ।

आइतबार मध्यमर्स्याङ्दीबाट विद्युत् उत्पादन बन्द हुने भएपछि अरु दिनको तुलनामा भारततर्फ पनि विद्युत् निर्यात कम हुने छ । शुक्रबार करिब साढे २ सय मेगावाट विद्युत् निर्यात हुने छ ।

प्रकाशित : जेष्ठ २९, २०७९ ०७:२८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

एघार महिनामा ४६ हजार ऋणी कालोसूचीमा पर्नुको मुख्य कारण के होला ?

×