कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १०८

सुदूरपश्चिम प्रदेशमा विदेशी लगानीका ६२ आयोजना, कञ्चनपुरमा सबैभन्दा बढी

काठमाडौँ — मुलुकभर प्रत्यक्ष वैदेशिक लगानी (एफडीआई) मा सञ्चालनमा रहेको कुल आयोजनामध्ये ६२ वटा सुदूरपश्चिम प्रदेशमा रहेको राष्ट्र बैंकको अध्ययनले देखाएको छ । कुल लागत ४ अर्ब ८० करोड रहेको ती आयोजनामा गत वर्षको अन्त्यसम्म २ अर्ब ४९ करोड ६० लाख रुपैयाँ एफडीआई प्रस्ताव गरिएको थियो । यो आयोजनाको कुल लागतको करिब ५२ प्रतिशत हो ।

सुदूरपश्चिम प्रदेशमा विदेशी लगानीका ६२ आयोजना, कञ्चनपुरमा सबैभन्दा बढी

जिल्लागत रूपमा कञ्चनपुरमा सबैभन्दा बढी २३ वटा आयोजना सञ्चालनमा छन् । यस्तै, कैलालीमा १९, बैतडीमा ८, अछाममा ४, दार्चुला र डडेल्धुरामा ३/३ र डोटी र बझाङमा १/१ परियोजनामा वैदेशिक लगानी प्रस्ताव गरिएको अध्ययन प्रतिवेदनमा उल्लेख छ । ‘परियोजना लागतका हिसाबले कैलालीमा सबैभन्दा बढी २ अर्ब ९८ करोड रुपैयाँ र सबैभन्दा कम डोटीमा १ करोड वैदेशिक लगानी रहेको छ,’ प्रतिवेदनमा भनिएको छ ।

यस्तै, आर्थिक वर्ष २०७८/७९ को फागुनसम्ममा राष्ट्रिय रूपमा विदेशी लगानी स्वीकृति पाएका उद्योगहरूको संख्या ५ हजार ३ सय ८५ रहेको छ भने सुदूरपश्चिम प्रदेशमा यस्ता उद्योगहरूको संख्या ५० छ । चालु आर्थिक वर्षको फागुनसम्म विदेशी लगानी स्वीकृति पाएका उद्योग सबैभन्दा बढी (८२ प्रतिशत) बागमती प्रदेशमा र सबैभन्दा कम (०.९ प्रतिशत) सुदूरपश्चिम प्रदेशमा रहेका छन् ।

सुदूरपश्चिम प्रदेशका करिब ७१ प्रतिशत जनसंख्यामा मात्र विद्युत् पहुँच पुगेको पनि अध्ययनले देखाएको छ । जसअनुसार गत फागुनसम्म राष्ट्रिय रूपमा विद्युत् पहुँच पुगेको जनसंख्या ९४ प्रतिशत छ । जसअनुसार सुदूरपश्चिम प्रदेशमा ७१.०७ प्रतिशतमा मात्र विद्युतीय पहुँच पुगेको तथ्यांक छ । त्यसैगरी, सोही अवधिसम्ममा कुल राष्ट्रिय विद्युत् उत्पादन २ हजार २३ मेगावाट रहेको छ भने सुदूरपश्चिम प्रदेशमा ५२ मेगावाट विद्युत् उत्पादन भएको प्रतिवेदनमा उल्लेख छ ।

प्रकाशित : जेष्ठ २८, २०७९ १५:२०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

पार्टी र नेताहरूको कार्यशैलीबारे आलोचनात्मक प्रतिवेदनसहित टिप्पणी गर्ने महामन्त्री मुकुल ढकाललाई निलम्बन गर्ने राष्ट्रिय स्वतन्त्र पार्टीको निर्णयबारे के भन्नहुन्छ ?

×