पर्यटन पुनरुत्थान समिति विघटन 

काठमाडौँ — कोभिडपछिको पर्यटन पुनरुत्थान गर्न संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले चार महिनाअघि गठन गरेको पर्यटन पुनरुत्थान प्रविधि समिति विघटन गरिएको छ ।  ‘राजाराम गिरीको संयोजकत्वमा माघ २ गते गठन गरिएको पर्यटन पुनरुत्थान प्राविधि समितिलाई मन्त्रीस्तरीय निर्णयबाट सोमबार विघटन गरिएको छ,’ पर्यटन मन्त्री प्रेम बहादुर आलेका स्वकीय सचिव हेमन्त रेग्मीले भने, ‘उक्त समितिले वैशाख २० गते प्रतिवेदन बुझाइसकेकाले विघटन गरिएको हो ।’

पर्यटन पुनरुत्थान समिति विघटन 

कोभिडपछि नेपालको पर्यटन उद्योगमा नयाँ सम्भावना खोजी गरी नीतिगत राय, सुझाव र सल्लाह दिलाउन गठित व्यवसायी गिरी संयोजकत्वको समितिमा १२ सदस्य थिए । यस समितिभन्दा माथि मन्त्री आलेकै अध्यक्षतामा २४ सदस्यीय निर्देशक समिति थियो । मन्त्रालयले उक्त प्रतिवेदनका सुझावलाई कार्यान्वयन गर्ने जनाउँदै दुवै समितिलाई विघटन गरेको जनाएको छ ।


प्रकाशित : जेष्ठ २४, २०७९ १३:४१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारले यस वर्ष ल्याउने वार्षिक नीति तथा कार्यक्रम मुख्य रुपमा कुन क्षेत्रमा बढी केन्द्रित हुनुपर्छ ?