कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२७

नेपालले भारत निर्यात गर्ने कृषि उत्पादनको परीक्षण अब बिहारमा हुने 

काठमाडौँ — नेपालले भारतमा निर्यात गर्ने कृषि उत्पादनको परीक्षण अब बिहारमा हुने भएको छ । हालसम्म नेपाली कृषि उत्पादनको गुणस्तर जाँच गर्न दिल्ली वा कोलकत्तामा नमुना पठाउनुपर्ने बाध्यता रहँदै आएको थियो । प्रयोगशालाबाट परीक्षण भई आएपछि मात्रै वस्तु निर्यात गर्नुपर्ने हुँदा निर्यातकर्ता व्यवसायीलाई धेरै समय ब्यर्थ खर्चिनुपर्ने बाध्यता अब अन्त्य भएको छ ।

नेपालले भारत निर्यात गर्ने कृषि उत्पादनको परीक्षण अब बिहारमा हुने 

रक्सौलमा नै आइतबारदेखि खाद्य प्रयोगशाला सञ्चालनमा आएको छ । सो प्रयोगशालाको भारतका स्वास्थ्य एवम् परिवार कल्याणमन्त्री मनसुख मण्डावियाले उद्घाटन गरे । नेपालको तर्फबाट कृषि तथा पशुपन्छी विकास मन्त्री महिन्द्रा राय यादवको उपस्थिति थियो । भारतीय खाद्य संरक्षा एवम् मानक प्राधिकरण (एफएसएसएआई) द्वारा स्थापित यस प्रयोगशालामा भारत निर्यात गर्ने नेपाली कृषि उत्पादनको गुणस्तर परीक्षण गरिनेछ । यसले भारत र नेपालबीचको द्धिपक्षीय ब्यापार बढाउन सघाउ पुग्नुका साथै नेपाली व्यपारीलाई उत्पादन परीक्षणका लागि लाग्ने समय बचत हुन जाने छ ।




प्रकाशित : जेष्ठ २२, २०७९ १९:२७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

चार दर्जनबढी पालिकाले असार १० भित्रै बजेट ल्याउन नसक्नुको मुख्य कारण के होला ?

×