कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

मुगुमा यार्साबाट २५ लाख राजस्व संकलन

राजबहादुर शाही

मुगु — मुगुमा यार्साबाट २५ लाख रुपैयाँ राजस्व असुली भइसकेको मुगुमकार्मारोङ गाउँपालिकाले जनाएको छ । उक्त गाउँपालिकाको पाटन क्षेत्रमा यार्सा टिप्न जाने जिल्लाभित्रका स्थानीयलाई प्रतिव्यक्ति २ हजार र जिल्ला बाहिरबाट आएकालाई प्रतिव्यक्ति २ हजार ५ सय रुपैयाँका दरले राजस्व उठाउने गरिएको छ ।

मुगुमा यार्साबाट २५ लाख राजस्व संकलन

मुगुको सिरानचौरमा यार्सा संकलनकर्ताबाट २५ लाख राजस्व असुली भएको र अझै राजस्व टोलीले पाटन क्षेत्रमै पुगेर यार्सा टिप्ने ब्यक्तिबाट राजस्व असुल गरिरहेको गाउँपालिकाका लेखा अधिकृत जनराज शाहीले बताए ।

अवैध बाटो प्रयोग गरेर यार्सा संकलक पाटन क्षेत्रमा पहिले नै प्रवेश गरिसकेको हुँदा यो पटक कम राजस्व असुली हुने अनुमान गरिएको उनको भनाइ छ । लेखा अधिकृत शाहीले भने विगत वर्षहरु कम्तीमा ५ देखि ६ हजार यार्सा संकलकबाट राजस्व असुली हुने गर्थ्यो । यो पटक स्थानीय तह निर्वाचनले गर्दा कम मात्रमा यार्सा टिप्न गएकोले राजस्व पनि कम उठ्ने भएको लेखा अधिकृत शाहीले बताए । उनका अनुसार गाउँपालिकाले सुरक्षासहित पाटन क्षेत्रमा राजस्व संकलन टोली खटाएको छ ।

कोरोना महामारीका कारण विगत तीन वर्षयता मुगुमकार्मारोङ गाउँपालिकाले यार्साको राजस्व उठाउन पाएको थिएन ।

प्रकाशित : जेष्ठ २१, २०७९ १६:०४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?