कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५१

महिनामा २ पटकभन्दा बढी मूल्यवृद्धि गरिएको छैन : मन्त्री बडू

'इन्डियन आयल कर्पोरेसनबाट पेट्रोलियम पदार्थको मूल्य बढेर आउँदा बढ्ने र घटेर आउँदा घट्ने गरेको छ । २०७९ जेठ १ गते र जेठ ९ गतेदेखि लागू हुनेगरी दुइपटक मूल्य बढाएको भन्ने विवरणमा कुनै सत्यता नभएको स्पष्ट गर्न चाहन्छु'

काठमाडौँ — उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्र प्रसाद बडूले इन्डियन आयल कर्पोरेसनबाट पेट्रोलियम पदार्थको मूल्य बढेर आउँदा बढ्ने र घटेर आउँदा घट्ने गरेको भन्दै स्वीकृत कार्यविधि र प्रावधान विरूद्ध महिनामा दुई पटकभन्दा बढी मूल्यवृद्धि नगरिएको बताएका छन् ।

महिनामा २ पटकभन्दा बढी मूल्यवृद्धि गरिएको छैन : मन्त्री बडू

तर मूल्य समायोजनको कार्यविधि अनुसार महिनाको बढीमा दुईपटकसम्म मूल्य समायोजन हुनसक्ने भए पनि नागरिकको जीवनसँग प्रत्यक्ष सरोकार राख्ने विषय भएकोले पेट्रोलियम पदार्थको मूल्य समायोजनमा नेपाल सरकार सधैँ संवेदनशील हुने गरेको बताए।

'२०७८ साल चैत्र महिनामा २ गते र २२ गते गरी दुईपटक मूल्य समायोजन भएको छ । त्यसैगरी २०७९ वैशाखमा ३१ गते एकपटक मात्र र जेठ महिनामा पनि ८ गते एक पटक मात्र मूल्य समायोजन गरिएको छ । इन्डियन आयल कर्पोरेसनबाट पेट्रोलियम पदार्थको मूल्य बढेर आउँदा बढ्ने र घटेर आउँदा घट्ने गरेको छ । २०७९ जेठ १ गते र जेठ ९ गतेदेखि लागू हुनेगरी दुइपटक मूल्य बढाएको भन्ने विवरणमा कुनै सत्यता नभएको यथार्थ स्पष्ट गर्न चाहन्छु । साथै, स्वीकृत कार्यविधि र प्रावधान विरूद्ध गई महिनामा दुई पटकभन्दा बढी मुल्यवृद्धि नगरिएको व्यहोरासमेत जानकारी गराउँदछु,' मन्त्री बडूले भने ।

शुक्रबार प्रतिनिधिसभामा दर्ता भएको सार्वजनिक महत्त्वको प्रस्ताव सन्दर्भमा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री बडूले सरकारमाथि उठेका प्रश्नको जवाफ दिने क्रममा यस्तो बताएका हुन् ।

केही दिनयता खाना पकाउने ग्यास, पेट्रोल, डिजेल, मट्टितेललगायत पेट्रोलियम पदार्थमा भइरहेको मूल्यवृद्धि तथा यसले पारेको प्रभाव र पेट्रोलियम पदार्थको सहज आपूर्तिमा देखापरेको असहज अवस्थाका सन्दर्भमा नेपाल सरकार, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको ध्यानाकर्षण गराउँदै प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका प्रमुख सचेतक विशाल भट्टराईले जरुरी सार्वजनिक महत्त्वको प्रस्ताव दर्ता गरेका थिए ।

उक्त प्रस्तावका लागि मन्त्री बडूले प्रस्तावक भट्टराई र समर्थकहरू यज्ञराज सुनुवार, गणेश कुमार पहाडी र राजेन्द्र प्रसाद लिङदेनलाई धन्यवाद समेत दिएका थिए ।

यस क्रममा मन्त्री बडूले रुस-युक्रेन युद्धका कारण विश्व बजारमा पेट्रोलियम पदार्थको चरम अभाव भएको र पेट्रोलियम पदार्थको अन्तर्राष्ट्रिय मूल्यमा अप्रत्यासित वृद्धि भइरहेको कारण नेपालमा पनि बाध्यात्मक रुपमा मूल्यवृद्धि गर्नु परेको बताएका थिए ।

यसैबीच मन्त्री बडूले पेट्रोलियम पदार्थको मूल्यमा भएको वृद्धिका कारण सर्वसाधारणलाई पर्न गएको असुविधालाई ध्यानमा राख्दै सरकारले हाल पेट्रोलियम पदार्थमा लगाइँदै आएको कर समायोजन गरी पेट्रोल, डिजल र मट्टीतेलको साविकको खुद्रा बिक्री मूल्यमा प्रतिलिटर १० रुपैयाँ घटाइएको जानकारी दिए ।

जसअनुसार अब प्रतिलिटर पेट्रोलको मूल्य १७० रुपैयाँ, डिजेलको १५३ रुपैयाँ र मट्टीतेलको प्रतिलिटर १५३ रुपैयाँ कायम गरिएको मन्त्री बडूले बताए ।

यस्तै एलपी ग्यासको घरायसी एवं व्यवसायिक प्रयोगका लागि अलग अलग मूल्य कायम गर्न सरोकारवालाका प्रतिनिधिसहित समितिका सदस्यको संयोजकत्वमा उप समिति गठन गरिएको पनि मन्त्री बडूले जानकारी दिए ।

प्रकाशित : जेष्ठ २०, २०७९ १५:५६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

संघीय संसद्को शुक्रबारबाट सुरू हुने बजेट अधिवेशन सहज रुपमा सञ्चालनको वातावरण निर्माणका लागि मुख्यरुपमा के गर्नुपर्छ ?