२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २१९

डिजिटल भुक्तानी सरकारको प्राथमिकतामा : मन्त्री कार्की

काठमाडौँ — नेपाल सरकारका प्रवक्ता तथा सूचना, सञ्चार तथा सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले डिजिटल भुक्तानी सरकारको प्राथमिकतामा रहेको बताएका छन् । साथै, सरकारले यसलाई बढावा दिँदै आएको पनि उनको भनाइ छ ।

डिजिटल भुक्तानी सरकारको प्राथमिकतामा : मन्त्री कार्की

शुक्रबार ब्राण्डवर्थ प्रालिले काठमाडौंमा आयोजना गरेको दोस्रो चरणको 'डिजिटल इकोनोमी कन्क्लेभ २०२२' लाई सम्बोधन गर्दै कार्कीले डिजिटल भुक्तानी सरकारको प्राथमिकता रहेको बताएका हुन् ।

यस कार्यक्रमबाट आउने निष्कर्षलाई सरकारले दस्तावेज गर्दै नीति निर्माणमा समेत समेट्ने मन्त्री कार्कीको भनाइ थियो । यसका साथै यस कार्यक्रमले डिजिटल नेपाल फेर्मवर्क कार्यक्रममा समेत सघाउ पुग्ने उनले बताए ।

'मैले यो मन्त्रालयको जिम्मेवारी लिएपछि यस्ता धेरै कार्यक्रममा सहभागी भएको छ । यस कार्यक्रमका सम्बन्धमा अहिले जुन किसिमको उत्साह छ । यो कार्यक्रम अवधिभर मात्र नभएर सधैंभरी कायम गर्नुपर्छ,’ उनले भने । उनले यस्ता किसिमका कार्यक्रमलाई दिगो आर्थिक विकासमा पनि रुपान्तरण गर्नुपर्ने बताए । साथै, यस्ता कार्यक्रमबाट समाज प्रत्यक्ष रुपमा लाभान्वित पनि उनले बताए ।

यस्तै, सूचना प्रविधिको विकासबिना मुलुकको विकाससमेत असम्भव भएको बताउँदै उनले सूचना प्रविधिमा समाजका सबै तप्कालाई सँगै लिएर जानुपर्ने बताए । यस्तै, दूरदराजका क्षेत्रमासमेत सूचना प्रविधि पहुँच पुर्‍याउन सरकारले सहयोग गर्ने बताए । यस्तै, सूचना प्रवधिको पहुँच सबै नागरिकमा पुर्‍याउन पनि सरकारले इन्टरनेटको शुल्क घटाएको मन्त्री कार्कीको भनाइ थियो ।

साथै, यसलाई अझ सस्तो, गुणस्तरीय बनाउन पनि सरकार सकारात्मक रहेको उनले बताए । समग्रमा उनले सूचना प्रविधिको प्रयोग बढाउने विषयलाई सरकारको उच्च प्राथमिकता राखिएको पनि बताए ।

प्रकाशित : जेष्ठ २०, २०७९ ११:४४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

गण्डकीका मुख्यमन्त्री खगराज अधिकारीले विश्वासको मत पाएको भन्दै प्रदेश सभामा सभामुखले गरेको घोषणाबारे तपाईंको के राय छ ?