कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

बढ्यो सुनको मूल्य

काठमाडौँ — सुनचाँदी बजारमा बिहीबार छापावाल सुनको मूल्य प्रतितोला ९७ हजार ६०० रुपैयाँ तोकिएको छ । अघिल्लो दिन प्रतितोला ९७ हजार २०० रुपैयाँमा कारोबार भएको पहेँलो धातु आज प्रतितोला ४०० रुपैयाँले बढेको हो । 

बढ्यो सुनको मूल्य

नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको विवरणानुसार बिहीबार तेजाबी सुनको मूल्य प्रतितोला ९७ हजार १०० रुपैयाँ छ । यसको मूल्य अघिल्लो दिन प्रतितोला ९६ हजार ७०० रुपैयाँ थियो ।

त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला १५ रुपैयाँले बढेर एक हजार २६५ रुपैयाँ पुगेको महासंघले जनाएको छ । अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔँस एक हजार ८४६ डलर आसपास कारोबार भइरहेको छ ।

प्रकाशित : जेष्ठ १९, २०७९ ११:५९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?