कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
बजेट २०७९/०८०

यो बजेटमा विश्वसनीयता छैन : खगराज अधिकारी

काठमाडौँ — प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका सांसद खगराज अधिकारीले अर्थतन्त्रमा रहेको संकटलाई सम्बोधन गर्ने गरी बजेट नआएको टिप्पणी गरेका छन् । अधिकारीले बजेट कार्यान्वयन हुनेमा विश्वास पनि नभएको दाबी गरे ।

यो बजेटमा विश्वसनीयता छैन : खगराज अधिकारी

'यो बजेटमा विश्वसनीयता छैन । यो कार्यान्वयन गर्न ल्याइएको बजेट होइन,' अधिकारीले भने, 'बजेटले अर्थतन्त्रको संकटपूर्ण अवस्थालाई सम्बोधन गर्न सकेन । त्यसले नयाँपन केही पनि दिएन ।' उनले विकास परियोजनाहरुलाई पनि बजेटले अघि बढाउन नसक्ने बताएका छन् ।

'वित्तीय अनुशासन पनि कायम गर्न सकेन । वृद्ध भत्तालाई कनिका छरेको भन्नेहरुले वृद्ध भत्ता ६८ वर्षमै हुने बनाएका छन् । अहिले नेपालीको औसत आयु ७१ वर्ष छ । त्यसैले यो गठबन्धनको न दिशा छ न गन्तव्य नै,' अधिकारीले भने । पूर्वस्वास्थ्यमन्त्री समेत रहेका अधिकारीले स्वास्थ्य बिमा निजी कम्पनीलाई दिएर सरकारले जनस्वास्थ्यमा खेलवाड गरेको आरोप लगाएका छन् ।यस्तै नि:शुल्क औषधिको संख्या घटाएकोमा पनि अधिकारीले आपत्ति जनाएका छन्।

प्रकाशित : जेष्ठ १५, २०७९ २०:००
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?