२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २५६

निर्वाचन क्षेत्र रणनैतिक सडक कार्यक्रमलाई ७ अर्ब 

काठमाडौँ — अर्थमन्त्री जर्नादन शर्माले निर्वाचन क्षेत्र रणनैतिक सडक कार्यक्रमलाई निरन्तरता दिइएको बताएका छन् । आइतबार संसद्‍मा आगामी आर्थिक वर्षका लागि बजेट प्रस्तुत गर्दै अर्थमन्त्री शर्माले उक्त कार्यक्रमका लागि ७ अर्ब रुपैयाँ बजेट विनियोजन गरिएको बताए ।

निर्वाचन क्षेत्र रणनैतिक सडक कार्यक्रमलाई ७ अर्ब 

सरकारले आगामी आर्थिक वर्ष २०७९/८० का लागि १७ खर्ब ९३ अर्ब ८३ करोड रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेको छ । कुल विनियोजनमध्ये चालुतर्फ ७ खर्ब ५३ अर्ब ४० करोड अर्थात् ४२ प्रतिशत, पुँजीगततर्फ ३ खर्ब ८० अर्ब ३८ करोड अर्थात् २१ दशमलव २ प्रतिशत र वित्तीय व्यवस्थातर्फ २ खर्ब ३० अर्ब २२ करोड अर्थात् १२ दशमलव ८ प्रतिशत विनियोजन गरिएको छ ।

त्यसैगरी प्रदेश र स्थानीय तहमा वित्तीय हस्तान्तरणतर्फ ४ खर्ब २९ अर्ब ८३ करोड अर्थात् २४ प्रतिशत बजेट छुटयाइएको छ ।

प्रकाशित : जेष्ठ १५, २०७९ १९:१२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भारतका २ ब्रान्डका गुणस्तरहीन मसला आयतमा प्रतिबन्ध लागेको छ । अन्य खाद्य सामग्रीबारे पनि अब सरकारले मुख्य रुपमा के गर्नुपर्छ ?