कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
बजेट २०७९/०८०

सिंहदरबारभित्र खाना पकाउने ग्यास निषेध गरिने

ठूला सहरका भान्सा विद्युतीय बनाइने

काठमाडौँ — विद्युत् खपत बढाउनका लागि सरकारले विभिन्न कार्यक्रमहरु घोषणा गरेको छ । 

सिंहदरबारभित्र खाना पकाउने ग्यास निषेध गरिने

आगामी आर्थिक वर्षको बजेटमार्फत् सरकारले ‘एलपी ग्यास छोडौं, बिजुली जोडौं’ भन्ने नाराका साथ ठूला सहरका भान्सा विद्युतीय बनाउने घोषणा गरेको हो ।

त्यस्तै, सार्वजनिक निकायले विद्युतीय सवारी किन्नुपर्ने, परम्परागत इटाभट्टालाई विद्युतीय इटाभट्टामा रुपान्तरण गर्ने र १ लाख घरधुरीमा स्वच्छ ऊर्जाको पहुँच पुर्‍याउने सरकारी योजना छ ।

आगामी साउनपछि सिंहदरवारभित्र खाना पकाउने ग्यास प्रयोग नहुने पनि बजेटमा उल्लेख छ ।

प्रकाशित : जेष्ठ १५, २०७९ १८:२२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?