कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
बजेट २०७९/०८०

वाणिज्य बैंकका प्रत्येक शाखाले कम्तीमा ५ कृषि उद्योगलाई कर्जा प्रवाह गर्नुपर्ने

काठमाडौँ — सरकारले कृषि उत्पादन र प्रशोधन उद्योगको प्रवर्द्धनका लागि कर्जा प्रवाहलाई व्यवस्थित गर्ने घोषणा गरेको छ । आगामी आर्थिक वर्षको बजेट संघीय संसदमा प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्माले वाणिज्य बैंकका प्रत्येक शाखाले कृषि उत्पादन र प्रशोधन उद्योगलाई कर्जा प्रवाह गर्नुपर्ने बताएका छन् । 

वाणिज्य बैंकका प्रत्येक शाखाले कम्तीमा ५ कृषि उद्योगलाई कर्जा प्रवाह गर्नुपर्ने

मन्त्री शर्माले आइतबार संघीय संसद्का दुवै सदनको संयूक्त बैठकमा वाणिज्य बैंकका प्रत्येक शाखाले कम्तीमा ५ कृषि उत्पादन र प्रशोधन उद्योगलाई कर्जा प्रवाह गर्नैपर्ने व्यवस्था बजेटमा गरिएको बताएका हुन् ।

'वाणिज्य बैंकको प्रत्येक शाखाले कम्तीमा ५ वटा कृषि उत्पादन र प्रशोधन उद्योगहरूलाई कर्जा प्रवाह गर्नुपर्ने व्यवस्था मिलाइनेछ,' उनले भने, 'उद्यमीहरूलाई परियोजनाका आधारमा उत्पादन कर्जा सहज रूपमा उपलब्ध गराउन लघुवित्त र वित्तीय संस्थाहरूमार्फत ऋण उपलब्ध गराइनेछ ।'

प्रकाशित : जेष्ठ १५, २०७९ १८:२१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?