भौतिक मन्त्रालयको बजेट बढ्यो- अर्थ / वाणिज्य - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
बजेट २०७९/०८०

भौतिक मन्त्रालयको बजेट बढ्यो

कान्तिपुर संवाददाता

काठमाडौँ — भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको बजेट बढाइएको छ ।

चालु आर्थिक वर्षमा १ खर्ब ५६ अर्ब बजेट विनियोजन भएकामा आगामी आर्थिक वर्ष ०७९/८० का लागि १ खर्ब ६१ अर्ब ५६ करोड रुपैयाँ बजेट विनियोजन गरिएको छ । यसमा सबैभन्दा धेरै बजेट फास्ट ट्र्याकका लागि विनियोजन गरिएको छ ।

फास्ट ट्र्याकका लागि मात्र ३० अर्ब रुपैयाँ बजेट विनियोजन भएको छ । भौतिक मन्त्रालय सबैभन्दा बढी बजेट पाउने मन्त्रालयमा पर्छ ।

चालु आर्थिक वर्षको १० महिना बित्दा विकास खर्च भने सोचेअनुरुप हुन सकेको छैन ।

प्रकाशित : जेष्ठ १५, २०७९ १८:२०
प्रतिक्रिया
पठाउनुहोस्

लमजुङमा टिपर दुर्घटना:मृत्यु भएका ४ जनाकै सनाखत

आश गुरुङ

लमजुङ — लमजुङको मध्यनेपाल नगरपालिका ७, सितीखोला नजिकै कोइलेनीमा भएको टिपर दुर्घटनामा परी मृत्यु भएका ४ जनाकै सनाखत भएको छ ।


जिल्ला प्रहरी कार्यालय लमजुङका अनुसार आइतबार दिउँसो अन्दाजी ३ बजेतिर बा४ख ७७८१ नम्बरको टिप्पर दुर्घटना हुँदा टिपरमा सवार ४ जनाकै घटनास्थलमा मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी इन्पसेक्टर जगदिश रेग्मीका अनुसार चालक धादिङको गजुरी गाउँपालिका ६ घर भई हाल मध्यपहाडी लोकमार्गमा काम गर्ने अन्दाजी २६–२७ वर्षका आकाश भन्ने विनोद घिमिरेको घटनास्थलमै मृत्यु भएको हो ।

दुर्घटनामा परेर गोरखाको गोरखा नगरपालिका-१२ का अन्दाजी २३–२४ वर्षका रविन्द्र सेढाइँ, तनहुँको व्यास नगरपालिका-७ कलेस्तीका ४५ वर्षीय उत्तम न्यौपाने र सल्यानको कुमाख गाउँपालिकाका अन्दाजी २१–२२ वर्षका पारस शाहको मृत्यु भएको हो । कल्याणबेंसी (कल्याङबेंसी) बाट बतासेचोकतर्फ ढुंगा लोड गरी जाँदै गर्दा बाटोबाट करीब ३० मिटर तल खसेर खेतको कुनामा टिपर दुर्घटना भएको प्रहहरीले जनाएको छ । उकालो कच्ची साँघुरो सडक, लोड बढी भएर व्याक हुँदा सडकबाट टिपर तल खसेर दुर्घटना भएको इलाका प्रहरी कार्यालय भोर्लेटारका इन्सपेक्टर लक्ष्मण पचभैयाले बताए ।

प्रकाशित : जेष्ठ १५, २०७९ १८:१९
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×