वाग्मती प्रदेशसभामा विनियोजन विधेयक पेश
![](https://assets-cdn.ekantipur.com/uploads/source/ads/900-100-0252024112350.gif)
![](https://assets-cdn.ekantipur.com/uploads/source/ads/mastercreativegif900x100-0952024115624.gif)
मकवानपुर — वाग्मती प्रदेश सरकारले प्रदेशसभा बैठकमा विनियोजन विधेयक २०७९ को सिद्धान्त र प्राथमिकता पेश गरेको छ । प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री शालिकराम जमर कट्टेलले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटको सिद्धान्त तथा प्राथमिकता सदनमा पेश गरेका हुन् । प्रदेश सरकारले जेठ १६ गते नीति तथा कार्यक्रम र असार १ गते आगामी आर्थिक वर्ष २०७९/०८० को बजेट ल्याउने कार्यक्रम छ ।
![](https://assets-cdn.ekantipur.com/uploads/source/ads/reward-900x100-pxl-2462024072414.gif)
![वाग्मती प्रदेशसभामा विनियोजन विधेयक पेश](https://assets-cdn-api.ekantipur.com/thumb.php?src=https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2020/politics/prades-sava-vawan-bagmati-09122020081220-1000x0.jpg&w=1001&h=0)
![](https://assets-cdn.ekantipur.com/uploads/source/ads/sathi-deposit-900-100-1262024124333.gif)
प्रदेश सरकारले कोरोना महामारीका कारण आर्थिक क्षेत्रमा परेको असरलाई न्यूनीकरण गर्ने गरी आगामी आर्थिक वर्षको बजेट ल्याउने दावी मन्त्री कट्टेलको दाबी छ । ‘करको दायरा बढाउने र खर्च घटाउने नीति प्रदेश सरकारले लिन्छ’, उनले भने ‘प्रदेशको आर्थिक अवस्थालाई गतिशील बनाउने योजना छ । संघीयताको मर्म र भावना अनुसार बजेट ल्याउँछौं ।’
कृषि, साना उद्योग र रोजगारी सिर्जना गर्नेगरी बजेट विनियोजन हुने उनले बताए । उनले पुँजीगत खर्च असाध्यै कमजोर रहेका कारण त्यसलाई बढाउने गरी बजेट विनियोजन गर्न जरुरी रहेको औंल्याए । चालु आर्थिक वर्षको हालसम्म ३५ प्रतिशत मात्र पुँजीगत खर्च भएको छ । विनियोजन विधेयक २०७९ को सिद्धान्त र प्राथमिकतामाथि छलफल शनिबारबाट सुरु हुने सभामुख सानुकुमार श्रेष्ठले जानकारी दिए । उनका अनुसार प्रदेशसभाको शुक्रबारबाट सुरु भएको वर्षे अधिवेशनमा सरकारको तर्फबाट पाँच वटा अध्यादेश पेश भएको छ ।