कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

इन्धनको मूल्य स्वचालित प्रणालीमार्फत लागू गरिने

काठमाडौँ — सरकारले इन्धनको मूल्य स्वचालित प्रणालीबाट तय गर्ने भएको छ । हाल याे प्रणाली भए पनि प्रभावकारी लागू हुन सकेको छैन । राष्ट्रपति विद्यादेवी भण्डारीले आगामी आर्थिक वर्ष ०७९/८० का लागि सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै यस्तो घोषणा गरेकी हुन् ।

इन्धनको मूल्य स्वचालित प्रणालीमार्फत लागू गरिने

राष्ट्रपति भण्डारीले आपूर्तिलाई सहज बनाउन स्वचालित मूल्य प्रणाली लागू गरिने बताइन् । ‘आपूर्ति व्यवस्थालाई नियमित सहज र लागत प्रभावकारी बनाउन मूल्य निर्धारणमा स्वचालित प्रणाली लागू गरिने छ,’ उनले भनिन् । कर समायोजन नगरी स्वचालित मूल्य प्रणाली लागू गर्दा इन्धनको मूल्य थप महँगिन जानेछ ।

प्रकाशित : जेष्ठ १०, २०७९ १७:१२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?