मेक इन नेपाल स्वदेशी समिट २०२२

'स्वदेशी उत्पादन बढाउन वैदेशिक लगानी जरुरत छ'

काठमाडौँ — नेपाल उद्योग परिसंघका उपाध्यक्ष हेमराज ढकालले मुलुकमा उत्पादन वृद्धिका लागि वैदेशिक लगानी जरुरत रहेकाे बताएका छन् । मेक इन नेपाल स्वदेशी समिटमा बाेल्दै उनले उत्पादन बढाउन विदेशी लगानी ल्याउनेगरी नीतिगत विषयमा सुधार गर्न जरुरी रहको उल्लेख गरे ।

'स्वदेशी उत्पादन बढाउन वैदेशिक लगानी जरुरत छ'

'नेपालमा जति अवसर छ त्यति अवसर बाहिर छ जस्तो लाग्दैन,' उनले भने, 'त्यसका लागि नेपालले धेरै नीतिगत कुरामा सुधार गर्न जरुरी छ ।' आइटी, पूर्वाधारको क्षेत्रमा पनि सुधारको जरुरी रहेको ढकालको भनाइ छ । उनले भने, 'अहिलेको इकोमिक इन्डिकेटर हेर्दा स्रोतको सीमितताले गर्दा प्रत्यक्ष वैदेशिक लगानी जरुरी छ ।' संसारका विकासशील राष्ट्रहरुले पनि एफडीआईलाई आकर्षित गरेर फड्को मारेको उदाहरण दिँदै उनले एफडीआई आकर्षित गर्न पूर्वाधार निर्माण धेरै महत्वपूर्ण हुने बताए । उनले भने 'ठूला ठूला विदेशी लगानी आउन सकिरहेका छैनन् । अहिले बजेटको संघार भएकाले कुन कुनमा क्षेत्रमा लगानी गर्न मिल्ने र कुन क्षेत्रमा गर्न नमिल्ने त्यसको निश्चित गर्न जरुरी छ ।'

प्रकाशित : जेष्ठ ९, २०७९ १२:१३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनबारे संसदीय छानबिन समिति गठन गर्ने/नगर्ने विवादले प्रतिनिधि सभा फेरि अवरुद्ध भएको छ । संसद् चलाउन के गर्नुपर्ला ?