१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २०८

स्वदेशी वस्तु उत्पादनका लागि १० वर्षे अभियान सुरु गर्दैछौं : मन्त्री बडू 

काठमाडौँ — स्वदेशी वस्तुको उत्पादन प्रवर्द्धनका लागि सरकारले १० वर्षे रणनीति बनाउन लागेको उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्रप्रसाद बडूले बताएका छन् ।  मेक इन नेपाल–स्वदेशी समिट २०२२ मा बोल्दै मन्त्री बडूले यस्तो बताएका हुन् । ‘दश वर्षका लागि एउटा अभियान चलाउँ र स्वदेशभित्र आत्मनिर्भर भएर निर्यात पनि गर्ने उद्देश्य राखौं,’ मन्त्री बडूले भने, ‘स्वदेशी वस्तु उत्पादन र खपत दशकका रुपमा २०७९ देखि २०८९ सम्म अभियान चलाउने गरी आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटमा यो विषय राख्ने सरकारको तयारी छ ।’

स्वदेशी वस्तु उत्पादनका लागि १० वर्षे अभियान सुरु गर्दैछौं : मन्त्री बडू 

आर्थिक समृद्धि र विकासका लागि निजी क्षेत्रलाई अघि सार्ने योजनामा सरकार रहेको पनि उनले बताए । ‘सरकारले गर्न नसकेको ठाउँमा निजी क्षेत्रले काम गर्नुपर्छ । कुन क्षेत्रमा के सहयोग गर्नुपर्छ त्यसका लागि सरकार तयार नै छ,’ उनले भने, ‘निजी क्षेत्र सक्रिय नभइकन र निजी क्षेत्रलाई विश्वासमा नलिइकन मुलुकको विकास सम्भव छैन ।’

स्वदेशी वस्तुहरुको उत्पादनका लागि चाहिने कच्चा पदार्थमा सरकारले सहुलियत दिने पनि उनले बताए । त्यस्तै नेपालले निर्यात गर्न सक्ने र तुलनात्मक लाभका वस्तुहरु के के हुन सक्छन् भनेर अध्ययन गर्न लागिएको पनि मन्त्री बडूले बताए ।

प्रकाशित : जेष्ठ ९, २०७९ ११:४९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्तरोन्नति गर्न थालिएका ठूला राजमार्गको काम समयमा नसकिँदा यात्रुहरूले सास्ती खेपिरहेकाछन् । काम समयमा नसकिनुमा को बढी दोषी छ ?