कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

फेरि लिटरमै १० रुपैयाँ बढ्यो पेट्रोल, डिजेल र मट्टितेलको भाउ 

खाना पकाउने ग्यासको मूल्य २ सय बढ्यो 

काठमाडौँ — नेपाल आयल निगमले इन्धनको मूल्य फेरि बढाएको छ । निगमले पेट्रोल, डिजेल र मट्टितेल प्रतिलिटर १० रुपैयाँका दरले बढाएको छ । अब काठमाडौं उपत्यकामा पेट्रोलको मूल्य प्रतिलिटर १८० रुपैयाँ तथा डिजेल र मट्टितेलको मूल्य १६३ रुपैयाँ पर्ने भएको छ ।

फेरि लिटरमै १० रुपैयाँ बढ्यो पेट्रोल, डिजेल र मट्टितेलको भाउ 

त्यस्तै खाना पकाउने ग्यासको मूल्य प्रतिसिलिण्डर २सय रुपैयाा बढेको छ । अब ग्यासको भाउ प्रतिसिलिण्डर १८ सय पुगेको छ । आयल निगमले नोक्सानी बढेको भन्दै इन्धनको मूल्य बढाएको हो । निगमका अनुसार बढेको मूल्य आइतबार राति १२ बजेदेखि लागू हुने छ ।



प्रकाशित : जेष्ठ ८, २०७९ २०:५१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?