कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ८५

टेलिकमका फोरजी ग्राहक एक करोड नाघे

काठमाडौँ — नेपाल टेलिकमको फोरजी सेवाका ग्राहक संख्या १ करोडभन्दा बढी पुगेको कम्पनीले जनाएको छ । २०७८ चैतको विवरणअनुसार फोरजी ग्राहक आधार १ करोड ४ लाख २१ हजार ९ सय ७६ पुगेको हो । यस अवधिमा कम्पनीका थ्रीजी ग्राहक आधार ९४ लाख ८२ हजार ५ सय ८० रहेको टेलिकमको तथ्यांक छ ।

टेलिकमका फोरजी ग्राहक एक करोड नाघे

समग्रमा कम्पनीका मोबाइल सेवा प्रयोगकर्ता २ करोड २० लाख ९१ हजार ७ सय ८५ भएकामा बाँकी २१ लाख ८७ हजार २ सय २९ टूजी प्रविधिका ग्राहक छन् । अघिल्लो महिना अर्थात् २०७८ फागुनमा फोरजी ग्राहक आधार ९८ लाख ९३ हजार ८ सय ७४ र थ्रीजी ग्राहक आधार ९९ लाख ४३ हजार ७ सय २९ थियो ।

टेलिकमले नेपालमै पहिलो पटक २०७३ पुस १७ बाट काठमाडौं र पोखराबाट सुरु गरेको फोरजी/एलटीई सेवालाई २०७६ असोज १५ देखि अत्याधुनिक प्रविधिमा अपग्रेड गरी देशभर विस्तार गरिरहेको छ । ‘फोरजी सेवा प्रयोग गर्न उपयुक्त मोबाइल फोन सेटका साथै सिमकार्ड सेवा पनि चल्ने हुनुर्पछ र फोरजी नेटवर्क उलपब्ध भएको क्षेत्रमा हुनु जरुरी छ,’ टेलिकमले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

कम्पनीले हाल उपलब्ध गराइरहेको फोरजी डाटा सेवामार्फत अधिकतम फाइदा लिन १८०० तथा ८०० मेगाहर्ज दुवै ब्यान्डमा चल्ने मोबाइल सेट प्रयोग गर्नु आवश्यक हुने कम्पनीले जनाएको छ । मोबाइल इन्टरनेटको क्षेत्रमा एलटीई भनिने फोरजी प्रविधि मोबाइलमार्फत उच्च गतिको इन्टरनेटका साथै उच्च गुणस्तरको भ्वाइस कल सेवा पनि उपयोग गर्न सकिने अत्याधुनिक प्रविधि हो । यसबाट तीव्र गतिको इन्टरनेट प्राप्त हुने भएकाले गुणस्तरीय श्रव्यदृश्य सामग्री, गेमलगायत बढी ब्यान्डविथ आवश्यक हुने सामग्रीहरू सजिलै प्रयोग गर्न सकिन्छ ।

प्रकाशित : जेष्ठ ८, २०७९ ०६:४५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बहालवाला मुख्यसचिवमाथि नै भ्रष्टाचार मुद्दा दायर भएको छ । यसबारे तपाईं के भन्नुहुन्छ ?

x