कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

पेट्रोलियम पदार्थको मूल्यवृद्धि खारेजी माग गर्दै विद्यार्थी संगठनको प्रदर्शन

काठमाडौँ — पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धि तत्काल खारेज गर्न सरकारसँग माग गर्दै संयूक्त विद्यार्थी संगठनले आइतबार काठमाडौंमा विरोध प्रदर्शन गरेका छन् । पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर १० रुपैयाँका दरले मूल्यवृद्धि भएलगत्तै संगठनले नेपाल आयल निगमको केन्द्रीय कार्यालयमा पुगेर अविलम्व खारेज गर्न माग गरेको हो ।

पेट्रोलियम पदार्थको मूल्यवृद्धि खारेजी माग गर्दै विद्यार्थी संगठनको प्रदर्शन

जनताको जीवन नै धान्न नसक्नेगरी सरकारले मूल्यवृद्धि गरेकाले तत्काल खारेज गर्नुपर्ने मोहन बैद्य नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी) निकट विद्यार्थी संगठन अखिल (क्रान्तिकारी)का अध्यक्ष हरिकृष्ण गजुरेलले बताए । विरोध प्रदर्शनमा उत्रिएकाहरुले ‘जनता मार्न पाइँदैन, मूल्यवृद्धि चाहिँदैन, मूल्यवृद्धि तत्काल खारेज गर’ भन्दै सरकारविरुद्ध चर्का नाराबाजी लगाएका थिए । नेपाल आयल निगमले गए रातिदेखि लागू हुनेगरी पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर १० रुपैयाँ मूल्य बढाएपछि त्यसको चौतर्फी विरोध भइरहेको छ ।


प्रकाशित : जेष्ठ १, २०७९ १४:०७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?