कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

४ दिनसम्म बढेको सेयर बजार पाँचौ दिनमा घट्यो 

काठमाडौँ — अघिल्ला ४ दिनसम्म लगातार बढेको सेयर बजार बिहीबार भने घटेको छ । परिसूचक नेप्से बिहीबार १८.६४ अंक घटेर २३५० मा कायम भएको छ । कुल २ अर्ब ३२ करोड रुपैयाँको कारोबार भयो । ३४ कम्पनीको मूल्य बढ्दा ९ को स्थिर रह्यो भने १५१ को घट्यो । 

४ दिनसम्म बढेको सेयर बजार पाँचौ दिनमा घट्यो 

उत्पादन र अन्यबाहेकका सबै उपसमूह घटेका छन् । उत्पादन ८० र अन्य उपसमूह ७ अंकले बढे । बैंकिङ १, विकास बैंक ८९, फाइनान्स ९, होटल तथा पर्यटन ३४, जलविद्युत् ५३, जीवन बीमा २५७, माइक्रोफाइनान्स ७४, निर्जीवन बीमा ८३ र ब्यापार उपसमूह २९ अंकले घटे । जाल्पा लघुवित्तको मूल्य १० र तेह्रथुम पावरको ६ प्रतिशत बढ्यो । कारोबार रकमका आधारमा शिवम् सिमेन्ट, राधि विद्युत्, अरुणभ्याली हाइड्रो, प्राइम लाइफ इन्स्योरेन्स र ङादी ग्रुप क्रमश: अगाडि रहे ।


प्रकाशित : वैशाख २९, २०७९ १५:२६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?