कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२७

न्यून गुणस्तरका खाद्य उत्पादन गर्ने ६४ कम्पनीविरुद्ध मुद्दा

काठमाडौँ — न्यून गुणस्तर तथा दुषित खाद्य वस्तु उत्पादन गरेको कसुरमा खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले  ६४ कम्पनीविरुद्ध मुद्दा दायर गरेको छ । खाद्य ऐन र नियम विपरित प्रतिकुल कार्य गरेको ठहर गर्दै विभाग र मातहतका निकायबाट ९ महिनाको अवधिमा उक्त मुद्दा दायर गरिएको हो ।

न्यून गुणस्तरका खाद्य उत्पादन गर्ने ६४ कम्पनीविरुद्ध मुद्दा

विभागका प्रवक्ता मोहन कृष्ण महर्जनका अनुसार सबैभन्दा बढी दूध तथा दूग्धजन्य पदार्थसँग सम्बन्धित १३, खाद्यान्न तथा दलहन पदार्थका १३, प्रशोधित पिउने पानीसँग सम्बन्धित ९ वटा मुद्दा दायर गरिएको छ । खाद्य एवम् दलहन तथा सोबाट बनेका पदार्थ, चिया, मह, तेल उत्पादन कम्पनीविरुद्ध पनि मुद्दा दायर गरिएको विभागले जनाएको छ ।

‘यस आर्थिक वर्ष चैत मसान्तसम्म ६४ कम्पनी विरुद्ध मुद्दा दायर गरेका छौं, मुद्दा जिल्ला प्रशासन कार्यालय तथा जिल्ला अदालतमा दायर भएको छ,’ महर्जनले भने । महर्जनका अनुसार ९ महिनाको अवधिमा २ हजार ६ सय ७१ नमुना संकलन गरिएकोमा १ सय ४१ प्रतिकुल पाइएको थियो । तीमध्ये खाद्यान्न, दलहन तथा सोबाट बनेका खाद्य पदार्थका ३० नमुना, प्रशोधित पिउने पानीका १७, दूग्ध तथा दूग्ध पदार्थका १०, दाना पदार्थका १० नमुनामा प्रतिकुल देखिएको छ ।

प्रकाशित : वैशाख २६, २०७९ १७:१२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

हमाससँग युद्ध गरिरहेको इजरायलमा ८ सय नेपाली कामदार (केयर गिभर) पठाउने सरकारको तयारीबारे तपाईंको राय के छ ?

×