१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २०८

रुसबाट सस्तोमा तेल किन्न भारतको प्रस्ताव  

एजेन्सी

काठमाडौँ — रुससँग कच्चा तेल किन्नका लागि भारतले भारी मात्रामा छुट पाउन प्रस्ताव गरेको छ । भारतले रुससँगको उच्चस्तरीय वार्तामा तेल खरिदका लागि वित्तीय सहायताको माग गरिरहेको छ । भारतले डेलिभरको आधारमा प्रतिब्यारेल ७० अमेरिकी डलरभन्दा कममा आपूर्ति गर्न रुसी कार्गो खोजिरहेको एनडीटीभीले जनाएको छ । जबकि ग्लोबल बेन्चमार्कमा ब्रेन्ट कच्चा तेलको मूल्य हाल प्रतिब्यारेल १०८ अमेरिकी डलरनजिक छ । भारतले किन्ने कच्चा तेलको मूल्यले नेपालको मूल्यलाई समेत प्रभाव पार्दछ ।

रुसबाट सस्तोमा तेल किन्न भारतको प्रस्ताव  

विश्वको तेस्रो ठूलो तेल आयातकर्ता भारतले सरकार र निजी रिफाइनरीहरूमार्फत फेब्रुअरीको अन्त्यदेखि हालसम्म ४ करोड ब्यारेल भन्दा बढी रूसी कच्चा तेल किनिसकेको छ । सरकारी तथ्यांकलाई उदृत गर्दै ब्लुमबर्गले जनाएअनुसार भारतले रुसबाट किनेको याे तेल सन् २०२१ मा किनेको सम्पूर्णको तुलनामा २० प्रतिशत बढी हो ।

भारतमा रूसी तेलको आयात सहज भने छैन । समुन्द्री बीमा, अन्तर्राष्ट्रिय प्रतिबन्धका कारण भारतलाई रुसबाट तेल खरिद गर्नका लागि चुनौती छ । अमेरिकाले नै प्रत्यक्ष रुपमा भारतलाई रुसबाट तेल नकिन्न दवाव दिँदै आएको छ । तर भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भारी छुटमा तेल पाउने अवसर भएकाले मस्कोसँगको वार्तालाई कायम गर्न चाहेका छन् । रुसबाट हतियारको आयात गर्नमा पनि भारत धेरै हदसम्म निर्भर छ । यदि रुसले भारतले भनेजस्तो मूल्यमा तेल दिन स्वीकार गरेमा भारतका सरकारी रिफाइनरहरूले प्रति महिना लगभग १ करोड ५० लाख ब्यारेल तेल लिन सक्ने दाबी गरिएको छ ।


प्रकाशित : वैशाख २१, २०७९ १७:४४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्तरोन्नति गर्न थालिएका ठूला राजमार्गको काम समयमा नसकिँदा यात्रुहरूले सास्ती खेपिरहेकाछन् । काम समयमा नसकिनुमा को बढी दोषी छ ?