कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२७

लेखापरीक्षण मर्यादित र व्यवसायिक बनाउन अर्थमन्त्रीको निर्देशन

काठमाडौँ — अर्थतन्त्र सबलीकरणका लागि लेखापरीक्षण पद्दती मर्यादित र व्यवसायिक बनाउन लेखापरीक्षकहरूलाई अर्थमन्त्री जनार्दन शर्माले निर्देशन दिएका छन् । लेखापरीक्षण व्यवस्थित नहुँदा मुलुकको शासन व्यवस्था पनि प्रभावित हुने भएकाले त्यसलाई मर्यादित र पारदर्शी बनाउनुपर्नेमा अर्थमन्त्रीको जोड थियो ।

लेखापरीक्षण मर्यादित र व्यवसायिक बनाउन अर्थमन्त्रीको निर्देशन

‘वित्तीय अनुसाशन कायम गर्न/गराउन लेखापरीक्षकको भूमिका महत्वपूर्ण छ,’ उनले भने, ‘लेखा परीक्षण कुनै संस्था वा कम्पनीको हिसाब-किताबमा मात्रै सिमित नभई समग्र देशको सम्पत्ति मूल्यांकनमा पनि प्रयोग हुनुपर्छ ।’ नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आईक्यान) ले राजधानीमा आयोजना गरेको प्रथम राष्ट्रिय लेखा व्यवसायी सम्मेलनलाई सम्बोधन गर्दै मन्त्री शर्माले यस्तो बताएका हुन् । उक्त अवसरमा सम्पूर्ण सम्पत्तिको सही लेखाजोखा गर्नुपर्ने दायित्वबाट लेखापरीक्षक कत्ति पनि विमुख हुन नहुने उनले बताएका थिए ।

व्यवसाय वा सम्पत्तिको लेखापरीक्षण गर्दा जोड–घटाउमा थोरै मात्र तलमाथि भए राष्ट्रिय अर्थतन्त्रमा नै असर पर्ने भन्दै यस विषयमा ध्यान दिन लेखापरीक्षकहरूलाई उनले आग्रह गरे । ‘जोड गर्नुपर्ने ठाउँमा घटाउ राखियो वा घटाउनुपर्ने ठाउँमा भाग वा गुणा गरियो भने त्यसले हिसाब मात्रै बिगार्दैन, राष्ट्रिय अर्थतन्त्रमा नै ठूलो असर गर्छ भन्ने कुरामा तपाईहरू (लेखापरीक्षक) ले ख्याल राख्नुहोला,’ उनले भने, ‘लेखापरीक्षण व्यवसायमा अत्यन्तै इमान्दारिता, स्वच्छता र जिम्मेवारी बोधको आवश्यकता छ ।’

अर्थतन्त्र सुधारका लागि सबै क्षेत्रको अडिट हुनुपर्ने भन्दै हिमालको सम्पत्ति, तराईको जमिन, देशभरका नदीमा बगेको पानीलगायतको अडिट गरेर राष्ट्रिय सम्पत्ति यकिन गर्नुपर्ने बेला आएको उनले बताए । कार्यक्रममा आईक्यानका अध्यक्ष युद्धराज ओलीले पहिलोपटक आयोजना भएको लेखा व्यवसायी सम्मेलनबाट रााष्ट्रिय अर्थतन्त्रका विषयमा गम्भिर रूपले चिन्तन हुने बताए ।

प्रकाशित : वैशाख २०, २०७९ १६:२७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

प्रधानमन्त्री पुष्पकमल दाहालले नेकपा एसको प्रतिवेदनमा माओवादीलाई 'अस्थिर' भनिएकोबारे महाधिवेशन उद्घाटन समारोहमै असन्तुष्टी व्यक्त गरेका छन् । माओवादीको कार्यशैली तपाईंलाई कस्तो लाग्छ ?

x
×