१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २८२

विद्युत् आपूर्ति नियमित गर्न बुटवल उद्योग वाणिज्य संघको माग

सन्जु पौडेल

तिलोत्तमा — विगत एक महिनादेखि विद्युत् आपूर्तिमा अनियमितता, ट्रिपिङ तथा लो–भोल्टेजका कारण बुटवल तथा आसपासका उद्योग प्रतिष्ठानहरुमा समस्या उत्पन्न भएको भन्दै व्यवसायीले आपत्ति जनाएका छन् । 

उद्योगी व्यवसायीको समस्या सम्बोधनको माग गर्दै बुटवल उद्योग वणिज्य संघ रुपन्देहीले विद्युत् प्राधिकरणको ध्यानाकर्षण गराएको छ । संघले आइतबार विज्ञप्ति जारी गरी अनियमित विद्युत् आपूर्तिले उत्पादन आपूर्ति, यन्त्र उपकरण बिग्रिने, कच्चा पदार्थको वेस्टेज बढ्ने र जसकारण उत्पादन लागत बढ्ने भन्दै समस्या समाधानका लागि प्राधिकरण र मातहतका कार्यालयहरुलाई आग्रह गरेको हो ।

संघका अध्यक्ष उज्ज्वलप्रसाद कसजूद्वारा हस्ताक्षरित विज्ञप्तिमा नेपाल सरकारले हालैमात्र आयात कमी गर्ने नीति लिएको सन्दर्भमा विद्युत्‌का कारण औद्योगिक उत्पादन लागत बढ्ने र पेट्रोलियम पदार्थको उपभोग बढ्ने भएकोले समग्र अर्थतन्त्रमा समेत असर पुने देखिएको उल्लेख छ । त्यस्तै औद्योगिक उत्पादनलाई सहज गराउन र अर्थतन्त्रलाई थप असर पर्न नदिन विद्युत् आपूर्तिलाई नियमित गर्न माग गरिएको छ ।


प्रकाशित : वैशाख १८, २०७९ १८:१६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनको अभियोग लागेकी राप्रपा सांसद गीता बस्नेतलाई अदालतले पक्राउ पुर्जी जारी गर्दा पनि प्रहरीले पक्राउ गर्न किन आलटाल गरेको होला ?