कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६७

पर्सा-बारा औद्योगिक करिडोरमा लोडसेडिङ अन्त्यको माग

शंकर आचार्य

पर्सा — पर्सा-बारा औद्योगिक करिडोरका उद्योगमा दैनिक १२ घण्टासम्म लोडसेडिङ तथा अत्याधिक ट्रिपिङको समस्या अविलम्ब समाधान गर्न वीरगन्ज उद्योग वाणिज्य संघले माग गरेको छ । संघले एक विज्ञप्तिमार्फत औद्योगित करिडोरमा लोडसेडिङ अन्त्यको माग गरेको हो । 

पर्सा-बारा औद्योगिक करिडोरमा लोडसेडिङ अन्त्यको माग

संघका अध्यक्ष सुबोधकुमार गुप्ताद्वारा हस्ताक्षरित विज्ञप्तिमा नेपाल विद्युत् प्राधिकरणद्वारा ६६ केभीएको औद्योगिक प्रसारण लाइनमा जोडिएका उद्योगहरूमा दिनको १२ घण्टा लोडसेडिङ र झन्डै ५/६ पटक ट्रिपिङ भइरहेको र ६६ केभीए बाहिरका लाइनहरूमा समेत दैनिक ८ देखि १० घण्टा लोडसेडिङ र ट्रिपिङ भइरहेको उल्लेख छ ।

‘एउटा कालखण्डमा विद्युत् आपूर्तिको चरम अभाव र झन्डै १२ घण्टासम्मको लोडसेडिङ खेपेको यस क्षेत्रका उद्योग प्रतिष्ठानहरू पछिल्ला केही वर्षदेखि विद्युत्‌को सहज र निर्वाध उपलब्धताका कारण उद्योग प्रतिष्ठानहरू आफ्नो क्षमतामा सञ्चालन भइरहेका थिए भने पर्याप्त विद्युत् उपलब्धताबाट आम जनताहरूको दैनिकीसमेत सहज हुँदै गइरहेको थियो,’ विज्ञप्तिमा भनिएको छ, ‘तर हाल केही दिनदेखि पुनः विगतको समयलाई नै संस्मरण गराउने गरी भइरहेको लोडसेडिङ र बढ्दो ट्रिपिङले उद्योग प्रतिष्ठानहरू आफ्नो क्षमताको २५ देखि ३० प्रतिशत मात्र सञ्चालन गर्न सकिरहेका छन् भने उद्योग प्रतिष्ठानहरूको कच्चा पदार्थ नोक्सान हुनुका साथै उत्पादनको गुणस्तरमा ह्राससमेत भइरहेको छ ।’

प्रकाशित : वैशाख ८, २०७९ १४:०८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

संघमा गठबन्धन बदलिने बित्तिकै प्रदेश सरकारहरू फेरबदल भइहाल्ने अभ्यासबारे तपाईंको के टिप्पणी छ ?

×