कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५७

भन्सार छलेर कपडा ल्याउने ६ जनाविरुद्ध ४२ करोडको मुद्दा दायर

काठमाडौँ — भन्सार छलेर कपडा ल्याउने १ भारतीय नागरिकसहित ६ जना विरुद्ध राजस्व अनुसन्धान विभागले मुद्दा दायर गरेको छ । ४२ करोड ४ लाख रुपैयाँ बराबर बिगो तथा जरिवाना माग गर्दै विभागले आइतबार उच्च अदालत पाटनमा मुद्दा दायर गरेको हो ।

भन्सार छलेर कपडा ल्याउने ६ जनाविरुद्ध ४२ करोडको मुद्दा दायर

मुद्दा दायर गरिएका व्यक्तिहरुमा वीरगन्ज महानगरपालिका वडा नम्बर १८ का रामेश्वर पण्डित भनिने रामेश्वर तिवारी, पाँचखाल नगरपालिका वडा नम्बर ४ काभ्रे घर भएका श्याम कुमार श्रेष्ठ, गुल्मी वाग्ला ७ स्थायी ठेगाना भएका विष्णु एन्ड विकेश सप्लायर्सका सञ्चालक विष्णु प्रसाद घिमिरे, विष्णु एन्ड बिकेश सप्लायर्सको वीरगन्जमा कारोबार हेर्ने रमाशंकर गुप्ता तथा काठमाडौंको कारोबार हेर्ने मनोज कुमार कलवार र भारतीय नागरिक अमित कुमार अग्रवाल छन् ।

अग्रवाल बिरुद्ध राजस्व अनुसन्धान विभागले यसअघि पनि ३ करोड ८० लाख रुपैयाँ बराबर राजस्व छली गरेको अभियोगमा गत चैत चेस्रो साता मुद्दा दायर गरेको थियो । भारत पश्चिम बंगाल राज्य सिलगुरी थाना स्थायी ठेगाना भई काठमाडौं ताहाचल बस्दै आएका अग्रवालले बिमला इन्टरप्राइजेजका नामबाट व्यवसाय गरिरहेका थिए । उक्त फर्मले भन्सार चोरी पैठारी गरी भारतीय कपडा लगायतका वस्तु काठमाडौं ल्याई बिना बिलबिजक बिक्री वितरण गरेको र राजस्व छली गरेको विभागले जनाएको छ ।उनीहरुविरुद्ध ४२ करोड ४ लाख ७६ हजार रुपैयाँ बराबर बिगो तथा जरिवाना कायम गरेर मुद्दा दायर गरिएको छ । यो राजस्व छली प्रकरणमा मुछिएका श्याम कुमार श्रेष्ठ सवारी धनी हुन् ।

प्रकाशित : वैशाख ४, २०७९ १८:२२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

संसद्का दुई ठूला दल कांग्रेस र एमालेले गरेको सत्तासहयात्राको नयाँ सहमतिबारे तपाईंको धारणा के छ ?

×