२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६९

गभर्नर निलम्बनविरुद्ध राष्ट्र बैंकमा कालो ब्यानर

काठमाडौँ — छानबिन समिति गठन गरी राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई निलम्बन गरिएकोमा राष्ट्र बैंक कर्मचारी संघले बिरोध प्रदर्शन गरेको छ । संघले केन्द्रीय कार्यालयसहित उपत्यकाबाहिरका सबै कार्यालयमा कालो ब्यानर झुन्डाएको छ ।

गभर्नर निलम्बनविरुद्ध राष्ट्र बैंकमा कालो ब्यानर

'केन्द्रीय बैंकको स्वायत्ततामाथिको नाङ्गो हस्तक्षेप बन्द गर, निराधार तथा कपोकल्पित आरोपमा गरिएको कारबाही प्रक्रिया फिर्ता गर, संकटोन्मुख अर्थतन्त्रको उद्धारका लागि तत्काल विशेष नीति तर्जुमा गरी कार्यान्वयन गर' जस्ता नाराहरु ब्यानरमा लेखिएका छन् । संघका अध्यक्ष रुद्रप्रसाद तिम्सिनाले राज्य संचालकहरु वित्तीय प्रणालीको दूरुपयोग गरी गलत क्रियाकलापमा लिप्त हुँदा राष्ट्र बैंकको नेतृत्वमाथि आक्रमण हुने गरेको आरोप लगाए । केन्द्रीय बैंकको स्वायत्तताका लागि आफूहरूको विरोध कार्यक्रम जारी रहने उनले बताए ।


प्रकाशित : वैशाख ४, २०७९ १५:३१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कांग्रेसले 'वेल' घेरेर नाराबाजी गरिरहेका बेला प्रधानमन्त्रीले प्रतिनिधिसभामा विश्वासको मत लिएको घटनालाई कसरी लिनु भएको छ ?