२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २५१

‘गभर्नरलाई हटाउने निर्णय दुर्भाग्यपूर्ण, फिर्ता लिनुपर्छ’

विष्णु पौडेल

काठमाडौँ — यो अत्यन्तै गलत र दुर्भाग्यपूर्ण कदम हो । यसले मुलुकको अर्थतन्त्रलाई अझै गम्भिर संकटतर्फ धकेल्छ । मुलुकमा वित्तीय र आर्थिक अनुशासन कायम गर्नका लागि गभर्नरले राम्रो पहल गर्दै आएका थिए । त्यसको विरुद्धमा उनलाई कारबाही गरिनु अत्यन्त गलत कुरा हो ।

‘गभर्नरलाई हटाउने निर्णय दुर्भाग्यपूर्ण, फिर्ता लिनुपर्छ’

सरकारले यो निर्णय तत्कालै सच्याएर फिर्ता लिनुपर्छ । मुलुकमा आर्थिक क्षेत्रमा जुन प्रकारको संकट देखिएको छ, गभर्नर हटाउने सरकारको कदमले आगोमा घ्यू हालेजस्तो आर्थिक संकटलाई अरू तिब्र र भयानक बनाउने निश्चित छ ।

राष्ट्र बैंक ऐन २०५८ का आधारमा चल्ने स्वायत्त संस्था हो । अर्थमन्त्रीले हस्तक्षेप गर्न मिल्दैन । राष्ट्र बैंक आफ्नै कानुनका आधारमा काम गर्ने भएकाले स्वतन्त्र हुन्छ । गभर्नर र अर्थमन्त्री बीचको सम्बन्ध कुनै दलिय आस्थाका आधारमा परिभाषित हुने सम्बन्ध होइन । म अर्थमन्त्री हुँदा (अघिल्लो कार्यकाल) पूर्ववर्ती सरकारले नियुक्त गरेको गभर्नर हुनुहुन्थ्यो । तर, म र गभर्नरबीच कहिलेपनि केही गरेनौं । गभर्नरले राष्ट्र बैंकको कानुनका आधारमा कार्य सम्पादन गर्नका निम्ति हामीले सहज परिस्थिती निर्माण गर्ने काम गर्‍यौं । अर्थ मन्त्रालय र गभर्नरकाबीच जहिले पनि जीवन्त र हार्दिक सम्बन्ध हुनुपर्छ ।

अहिले गभर्नर हटाउने सरकारको निर्णयले अर्थतन्त्रलाई भयानक संकटतर्फ लग्नेछ । अर्थतन्त्रमा आउनसक्ने सम्भावित जोखिमबाट बच्नका लागि पनि यो निर्णय सरकारले फिर्ता लिन आवश्यक छ ।

(पूर्व अर्थमन्त्री पौडेलसंग गरिएको कुराकानीको सम्पादित अंश)

प्रकाशित : चैत्र २६, २०७८ १९:१४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्तरोन्नति गर्न थालिएका ठूला राजमार्गको काम समयमा नसकिँदा यात्रुहरूले सास्ती खेपिरहेकाछन् । काम समयमा नसकिनुमा को बढी दोषी छ ?